काठमाडौं– राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश नम्बर ४ मा भएको मतदानमा राजीव गुरुङ (दीपक मनाङे) भोट हाल्न आएनन्।
उनी अनुपस्थित रहेकाले कूल २ सय ३० मतदाता रहेको प्रदेश ४ मा २ सय २९ जना मात्रै मतदानमा सहभागी भए। यहाँ कास्कीको पोखरास्थित लोकसेवा आयोगको पश्चिाञ्चल क्षेत्रीय निर्देशनालय भवन केन्द्रमा मतदान केन्द्र रहेको थियो।
सर्वोच्च अदालतबाट ५ वर्षे कैदको सजाय सदर भएका गुन्डा नाइके मनाङे मनाङबाट निर्वाचित सांसद हुन्। प्रहरीको खोजी सूचीमा उनी सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकमा पनि अाएका थिएनन्।
अपांग तथा अल्पसंख्यक निर्विरोध भएपछि अन्य ७ पदमा आज निर्वाचन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।