जितपुर, कपिलवस्तु- सीमा नाका कृष्णनगरबाट एक चेलीको उद्धार गरिएको छ।
मानव बेचबिखनविरुद्ध क्रियाशील संस्था केआई नेपालले सीमा निगरानी गर्ने क्रममा मंगलबार कपिलवस्तुकी एक किशोरीको उद्धार गरेको हो। यहाँको बुद्धभूमि नगरपालिका बस्ने १९ वर्षीया ती किशोरी भारतको बलरामपुर जाँदैगर्दा सीमा नाका कृष्णनगरबाट उद्धार गरिएको जिल्ला संयोजक केशर विश्वकर्माले जानकारी दिए।
विश्वकर्माका अनुसार उनी घरमा जानकारी नदिई हिँडैकी थिइन्। उद्धारपश्चात् आवश्यक सोधपुछ गर्दा बाबाले सधैँ मदिरा सेवन गरेर कुटपिट गर्ने र घरमा आर्थिक अवस्थासमेत कमजोर रहेका कारण भारततिर जान लागेको उनले बताएको विश्वकर्माले जानकारी दिए।
भारत जाँदा आउन सक्ने जोखिमलाई हेरी निजका अभिभावक बोलाई आवश्यक प्रक्रिया पुर्याई निज चेलीलाई आत्मनिर्भर बनाउने उद्देश्यले केआई नेपालको सुरक्षित आवासगृह चितवनमा विभिन्न सिप सिकाउनका लागि रिफर गरिएको विश्वकर्माले जानकारी दिए।
करिब एक महिनाको अवधिमा चार जना चेलीको उद्धार गरी केआई नेपालको सुरक्षित आवासगृहमा पठाइएको संयोजक विश्वकर्माले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।