काठमाडौं- नेपाल बैंक लिमिटेडले फर्दर पब्लिक शेयर अफरिङ (एफपिओ) निष्काशन गर्ने भएको छ। बैंकले प्रिमियम मूल्यमा १ अर्ब ७६ करोड ८४ लाख ८५ हजार ८ सय रुपैयाँ बराबरको १ करोड ७६ लाख ८४ हजार ५ सय ५८ कित्ता एफपिओ निष्काशन गर्ने प्रस्ताव बैंक सञ्चालक समितिले गरेको हो।
बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्यमा एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको नेप्सेले जनाएको छ।
बैंकले दोस्रो त्रैमासमा १ अर्ब ६३ करोड ८४ लाख खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको तुलनामा १३ दशमलव ५४ प्रतिशत कम हो । बैंकले गत वर्षको यसै अवधिमा १ अर्ब ८९ करोड खुद नाफा गरेको थियो ।
बैंकको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ७४ पैसा छ। त्यस्तै प्रतिशेयर नेटवर्थ १ सय ५९ रुपैयाँ १८ पैसा र मूल्य आम्दानी अनुपात ८ दशमलव ६४ गुणा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।