जेनेभा- सिरियाको विद्रोही नियन्त्रित भूभागमा सरकारद्वारा रसायनिक हतियारको प्रयोग गरिएको भन्ने गुनासो सुनिएपछि यसबारे अनुसन्धान अघि बढाएको संयुक्त राष्ट्रसंघ युद्ध अपराध अनुसन्धान अधिकारीले मङ्गलबार बताएका छन्।
सिरियामा मानव अधिकारको अवस्था खोजविनका लागि राष्ट्रसंघीय आयोगले भनेको छ, 'हामीले विद्रोही नियन्त्रित क्षेत्रमा रासायनिक हतियारको प्रयोग भएको भन्ने धेरै रिपोर्ट पाएका छौँ। यसबारे आयोगको ध्यानाकर्षण भएको र अनुसन्धान अघि बढाइएको छ।'
क्लोरिन ग्यास प्रयोग भएको हतियार विद्रोही नियन्त्रित इदलिबको साराकेब तथा दौमाको पूर्वी घौटामा प्रयोग भएको रिपोर्ट आएपछि छानविन शुरु गरेको राष्ट्रसंघको भनाई छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।