एजेन्सी - ताइवानमा शक्तिशाली भूकम्पले अग्ला भवनहरु ढलेका छन्। स्थानीय समयअनुसार मंगलबार बेलुका ११ : ५० को समयमा ६.४ म्याग्निच्यूडको भूकम्पले करिब ३० सेकेण्ड हल्लाएको थियो।
मृत्युको कुनै पनि सूचना प्राप्त नभएको र उद्धारका कामहरु भइरहेको ताइवानको सरकारले जनाएको छ। ताइवानको राजधानीबाट करिब एक सय ६० किलोमिटर दुरीमा रहेको हुवालेन सहरमा भुकम्पले धक्का दिएको हो। सर्वसाधरणहरु घर छाडेर सडक तथा खाली स्थानमा बसेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।