नेपालगन्ज– सिद्धार्थ ग्रुपले हस्पिटालिटी व्यवसाय सुरु गरेको दुई दशक पूरा भएको अवसरमा देशका विभिन्न भागमा कार्यक्रमहरु गरेको छ।
२०औं वार्षिकोत्सवको अवसरमा ग्रुपले कैलालीको बलचौरस्थित अनाथालयमा रहेका ११ जना बालबालिकालाई खाना खुवाउनुका साथै ३ महिनालाई पुग्ने चामल, दाल, तेल लगायतका खाद्यान्न तथा त्रिपाल लगायतका सामग्री उपलब्ध गराएको छ।
त्यस्तै, ग्रुप अन्तर्गतको सामाजिक संस्था साकारले दुवै मिर्गौलामा गम्भीर सम्मस्या उत्पन्न भई काठमाडौंको टिचिङ अस्पतालमा उपचार गराइरहेका बिरामी वसन्त कुँवरलाई नगद २० हजार ५ सय १ रुपैयाँ सहयोग गरेको छ।
त्यसैगरी ग्रुपको तीनकुने शाखामा आयोजित रक्तदान कार्यक्रममा गु्रपका कर्मचारी, लगानीकर्ता र अन्य गरी ३३ जनाले रक्तदान गरेका थिए।
त्यसैगरी, सुर्खेतको वीरेन्द्रनगरस्थित देउती बज्यैको मन्दिरमा सरसफाइ गर्नुका साथै मन्दिरलाई फोहर व्यवस्थापनका लागि बाल्टिनहरु उपलब्ध गराएको छ।
कैलालीको टीकापुरबाट २०५४ माघ २३ देखि सानो खाजा पसलबाट व्यवसाय सुरु गरेको सिद्धार्थ ग्रुपका कर्णाली चिसापानी, नेपालगन्ज, सुर्खेत, बुटवल, चितवनको चुम्लिङटार र काठमाडौंमा रेष्टुरेन्ट, होटेल, रिसोर्ट, ट्रेड, सहकारी गरी २० वटा शाखा छन्।
ग्रुपले वार्षिकोत्सवको अवसरमा तीन दिनसम्म सबै शाखामा खाना र पेय पदार्थमा २० प्रतिशत छुट दिएको ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।