• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

जसलाई ५ वर्षकै उमेरमा वेश्यालय पुर्‍याइएको थियो

64x64
नेपाल लाइभ बिहीबार, भदौ २६, २०७६  १२:२५
1140x725

काठमाडौं– 'हेर्नुस् त म्याम, उनीहरुले भनेको नमान्दा मलाई दाउराले हानेका थिए। खुट्टामा निकै ठूलो घाउ भएको थियो, अहिले यस्तो खत छ,' उनले आफ्नो दायाँ खुट्टाको सुरुवाल माथि सारिन् र देखाइन्।

उनका अनुसार यो चोट झन्डै तीन दशक अगाडिको हो। आखिर के भएको थियो त्यो दिन, जुन खतले उनलाई जीवनका कहालीलाग्दा दिनहरु सम्झाइरहन्छ।

'खास के भएको थियो त्यो बेला। सुनाउन सक्नुहुन्छ?' 

मेरो प्रश्न सुनेपछि मनभित्रको उकुसमुकुस भोगाइ सुनाउन राजी हुन्छिन्, उनी। 

OOO

जतिबेला ताशिको शरीरसँग केही तन्नेरीहरु लुँछाचुँडी गर्न झम्टन्थे, जतिबेला उनी मात्रै ५ वर्षकी थिइन्।

आमाको न्यानो काखमा लडीबुडी गर्ने यी अबोध बालिकाको शरीर लुछ्न आउनेहरु बुवाजत्तिकै उमेरका पनि हुन्थे। अनाहकमा जिस्काउँथे। शरीरभरि जथाभावी छुन्थे र सन्तुष्ट मुद्रामा फर्कन्थे।

हुन त ताशिलाई आफ्ना बुबाको उमेरको कुनै अड्कल छैन। न त अनुहार नै पहिचान गर्न सक्छिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

ताशिले जब प्रेम र हिंसा, दया र घृणाबारे छुट्याउन सक्ने भइन्। आफूले आफूलाई महसुस गर्न सक्ने भइन्; त्यसबेला आफूलाई भारतको कलकत्तास्थित एउटा 'वेश्यालय'भित्र पाइन्। 

त्योभन्दा बाहिरको अर्को संसारको कल्पनासमेत गरेकी थिइनन् उनले। 

'एक अबोध बच्चा थिएँ, योभन्दा फरक संसार हुन्छ भन्ने कुनै कल्पना नै गरेकी थिइनँ,' ताशिले सुनाइन्, 'म जुन ठाउँलाई पूरै दुनियाँ ठानेर हुर्किइरहेकी थिएँ, त्यो त वेश्यालय रहेछ।'

एउटा तीनतले घर। अँध्यारा कोठाहरु थिए। दिन होस् वा रात, उनी समयले त्यहाँ कुनै महत्व राख्दैन थियो। 

पहिलो तल्लामा छुट्टै गेट थियो। त्यो गेट हमेसा बन्द हुन्थ्यो। खुलिहाले पनि ताशिलाई त्यो दोस्रो तल्लामा पठाइँदैन थियो। 

पहिलो तल्लामा के होला? उनको मनमा खुलदुली बढिरहन्थ्यो। 

ग्राउन्ड फ्लोरबाट सफा गर्दै पहिलो तल्लाको गेटनेर पुग्दा कहिलेकाहीँ चिहाएर हेर्थिन्, उनी। अँध्यारो कोठामा बेलाबखत केही युवतीको चहलपहल देखिन्थ्यो। 

त्यहाँको गेटमा प्रायजसो ताल्चा लगाइराखिएको हुन्थ्यो। ताल्चा तब मात्रै खुल्थ्यो, जब एक हुल पुरुषहरु आउँथे। 

त्यही पहिलो तल्लामा छिर्ने बेलामा र त्यहाँबाट निस्किएर बाहिरिँदा ताशिको शरीर नसुमसुम्याई निस्कने पुरुष विरलै हुन्थे। तिनका निर्दयी हातहरु अनाहकमा ताशिका कोपिलाउँदा शरीरमा सलबलाउँथे। तिछोर्थे। चिमोट्थे। र, त्यहाँबाट फर्कन्थे। यो बिस्तारै उनका लागि दैनिकी जस्तै बन्न थाल्यो। 

'यस्तो कुरा मलाई केही पनि थाहा थिएन, जबकि उनीहरु मेरो अबोध शरीर छोएरै यौन आनन्द लिँदा रहेछन्,' ताशिका स्मृतिपत्रहरु एकाएक खुल्दै जान्छन्, 'बिस्तारै छुँदा चुपचाप बस्थेँ। चिमोट्दा, जर्बजस्ती गर्दा तर्किन खोज्थेँ। अन्तत: सर्पले मुखमा च्यापेको भ्यागुतो जस्तै निरीह भएर निलिन्थेँ।'   

ताशिलाई बिहानै ४ बजे उठाइन्थ्यो। उमेर सानै भए पनि जिम्मेवारीको ठूलो बोझले उनलाई थिचेको थियो। घर, कोठा, आँगन, ट्वाइलेट सफा गर्ने, जुत्ता पोलिस गर्ने काममा खटिनुपर्थ्यो। दिनभरि कपडा धुने, खाएका भाडा माझ्ने। ताशिले यी सबै काम भ्याउनुपर्थ्यो।

पाँच वर्षकै उमेरमा उनी कसरी कलकत्ताको कोठीमा पुगिन् होला? यहाँसम्म पढिसक्दा तपाईंको मनमा यो प्रश्न उब्जिइसकेको होला।

यो संवाददातालाई आफ्नो कहानी सुनाउँदा ताशि पटकपटक रोएकी थिइन्, जसलाई संक्षेपमा लेख्दा पनि निकै लामो हुन सक्छ। 

'मलाई मेरो नाम, थर केही थाहा छैन,' उनी सुनाउँछिन्, 'त्यही कोठीको साहु-साहुनीले मेरो नाम ताशि राखिदिए। त्यसपछि मलाई सबैले यही नामले बोलाउन थाले।'

उमेरले फूलहरु फुलाउँदै गर्दा ताशिलाई ग्राउन्ड फ्लोरबाट बिस्तारै पहिलो तल्लामा जाने वातावरण खुकुलो हुँदै गएको थियो। त्यो बेला उनी कति वर्षकी थिइन्, उनैलाई हेक्का छैन। अनुमान भने लगाउन सक्छिन्, '८ वर्षकी थिएँ कि! त्यसपछिका भोगाइ त झनै मुटु चसक्क बनाउने खालका छन्।'

पहिलो तल्लामा आएका पुरुषहरुलाई खानेकुरा, रक्सी, चुरोट पुर्‍याउन उनैलाई लगाइन्थ्यो। साहुहरुले भनेको नमान्दा गाली र पिटाइ खानु त उनका लागि सामान्य बन्न थालिसकेको थियो।

'यो तेरो घर होइन, कोठी हो, बुझिस्। तेरो सौतेलो बाबुबाट तँलाई ३० हजारमा किनेर ल्याएको हो। हामीले जेजे भन्यो सबै मान्नुपर्छ।' यस्ता शब्दबाण सुन्दा ताशि आकाशबाट खसेझैं भएकी थिइन्।

'मान्छे पनि किनबेच हुँदो रहेछ र मलाई पनि बेचिएको रहेछ भन्ने त्यही बेला थाहा पाएकी हुँ,' थप बोल्न खोज्दै थिइन्, उनका आँखा आँखुले डम्म भरिए।

ताशि आफैलाई त सबै कुरा थाहा छैन। कोठीका साहुले खासखुस कुरा गरे अनुसार आफ्नो पुर्ख्यौली थलो रसुवा भन्ने उनलाई अनुमान मात्रै छ।

आमाबुवाबीच झगडा भइरहन्थ्यो। त्यसै क्रममा उनकी आमाले तिब्बती नागरिकसँग दोस्रो विवाह गरेकी थिइन्। तिनै सौतेलो बुवाले ताशिलाई भारतको कलकता पुर्‍याए र ३० हजार भारुमा बेचे।

यो पनि उनले साहुहरुको कुराकानीबाट मात्रै थाहा पाएकी हुन्।

'एक दिन खानेकुरा पकाउँदा नमिठो भएछ क्यारे,' उनले सम्झना गरिन्, 'पौडेल बाहुनकी छोरी भएर पनि तँलाई मिठो खाना पकाउन आउँदैन' भनेर साहुहरुले गाली गरेपछि मेरो थर पौडेल रहेछ भन्ने भयो।'

न त अहिलसम्म ताशिलाई आमाबुवाको नाम थाहा छ, न आफन्तकै पहिचान। उनको पहिचान त ३० हजार रुपैयाँमा बेचिएको थियो, अबोध बालिका छँदै।

बिस्तारै पहिलो तल्लासँग नजिकिन थालेकी थिइन्, उनी। ताल्चा लगाएर थुनिएका थुप्रै युवतीहरु देखेपछि उनलाई झनै चासो बढेको थियो।

'त्यहाँ भएका धेरै दिदीहरु नेपाली नै हुनुहुन्थ्यो, उहाँहरुलाई जबर्जस्ती यौन दासी बनाइएको रहेछ। बाहिर कतै जान दिइँदैन थियो,' उनले भनिन्, 'मैले आफ्नै आँखाअघि आफ्नै दिदीहरुको अस्मिताको व्यापार देखेपछि पो झस्किएकी थिएँ- म त नर्कमा रहेछु।' 

निकै अन्धकार देखिन्थ्यो, पहिलो तल्ला। त्यो ठाउँ जति अँध्यारो थियो, त्योभन्दा अँध्यारो नियति भोग्न विवश थिए ती युवतीहरु।

रुवाइ, चित्कार र याचनाको कुनै अर्थ थिएन त्यहाँ। न कसैले कसैलाई सुन्थ्यो न कसैले कसैलाई चिन्थ्यो। पुरुषहरु आउँथे यौन प्यास मेटाउँथे र जान्थे। 

ताशिलाई पनि साहुले बिस्तारै फकाउँदै ग्राहकको यौन प्यास मेटाउने साधन बनाउन कोसिस गरिरहे। 

उनी सानै थिइन्। 'ताशि…' भनेर माया गरेजस्तो गरी बोलाउँथे र जबर्जस्ती त्यहाँ आउने पुरुषको भोकको साधन बनाउँथे। 

अस्विकार गर्दा कुटपिट गर्थे, चिच्याउँदा मुखमा कपडा कोचिदिन्थे। त्यहीबेला दाउराले हानेको चोट दायाँ खुट्टामा जीवनभर नमेटिने दाग बनेर बसेको छ।

'मलाई त्यो नर्कमा बाँच्नै गाह्रो भइसकेको थियो। कोठीमा भएका अरु धेरै दिदीहरु म भन्दा ठूलै उमेरका हुनुहुन्थ्यो,' उनी सुनाउँछिन्, 'तर, त्यो नर्कबाट निस्कने हिम्मत उहाँहरुमा पनि थिएन।'

'जवान, रुपरङ, आफ्नो अस्मिता कोठीमै गुमाइसकेपछि भागेर कहाँ जाने भनेर बिलौना गर्नुहुन्थ्यो,' उनी त्यहाँको दृश्यबारे भन्छिन्, 'कतिलाई त कुटेरै गायब पारेको पनि देखेकी छ।'

त्यहाँबाट युवतीहरुलाई दुई तरिकारले निकालिन्थ्यो। कसैलाई यौन रोग लागेपछि कि त उमेर ढल्किँदै गएपछि। 

तर, ताशिले त्यहाँबाट भाग्ने सोच बनाइसकेकी थिइन्। किनकि उनलाई त्यो तर्कको बास मञ्जुर थिएन।

उन्मुक्तिको पहिलो पाइला
ताशिको मनले भनिरहेको थियो– म यो नर्कबाट तँ जसरी पनि निस्किनुपर्छ। यहाँबाट निस्किइस् भने मात्रै आमाबुवालाई भेट्न सक्छेस्।

करिब १० वर्ष हुँदैगर्दा उनको मन हुँडल्लिइसकेको थियो। मस्तिष्कभरि आमाबुवाको विम्ब गढिइसकेको थियो। त्यहाँबाट कसरी भाग्ने भनेर उनी सोचिरहन्थिन्।

एक दिन कोठीको पहिलो तल्ला सुनसान जस्तै भएको थियो। ग्राउन्ड फ्लोरमा १५ जनाजति पुरुषहरु आफ्नै तालमा गफिँदै थिए। उनी घरको काममै व्यस्त थिइन्।

'त्यति नै बेला म बिस्तारै तल झरेँ। साहु-साहुनीलाई देखिनँ,' त्यो नर्कसरि दुनियाँबाट उन्मुक्तिको पहिलो पाइलाबारे उनी भन्छिन्, 'बिस्तारै गेट खोलेँ र त्यहाँबाट भागेँ।' 

त्यतिबेला उनको मुटुको धड्कन तेज गतिमा बढिरहेको थियो। 

'कसैले भेटेको भए मलाई त ठाउँको ठाउँमा मारिदिने थिए, धन्न कसैले देखेनन्,' उनी सुनाउँदै गइन्, 'कति चाँडै म कलकत्ता रेलवे स्टेसन पुगेछु, आफैलाई थाहा छैन।'

लगाएको एकजोर कपडा मात्र थियो उनीसँग। त्योभन्दा धेरै त पीडा, चोटहरु थिए उनीसँग।

दिनभर यताउता रेलवे स्टेसनमै डुलिरहिन्। 

साँझ छिप्पिइरहँदा उनमा भोकको मात्रा बढ्न थाल्यो। भनिन्छ, भोकलाई जित्न मानिस जे पनि गर्न तयार हुन्छ। उनी नजिकैको होटलमा गइन् र सोध्ने हिम्मत जुटाइन्, 'यहाँ काम पाइन्छ?' 

१०/११ वर्षकी अबोध बालिकाले काम खोज्दै आएपछि होटलका साहुले उनलाई एकएक प्रश्न गर्दै गए। ताशिले पनि आफ्नो सबै वास्तविकताको पोको त्यहीँ खोलिदिइन्।

साहुले भाँडा माझ्न लगाए र खाना खुवाएर त्यहीँ बास दिए। केही दिन उनी त्यसरी नै सोही होटलमा बसिन्।

मणिपुरमा धेरै नेपाली भएको र त्यहाँ काम पनि पाइने भन्दै होटलका साहुले सुनाएका थिए। केही दिन काम गरेबापत उनले पैसा जम्मा पारेकी थिइन्। त्यही पैसाले उनी ट्रेन चढिन् र पुगिन् मणिपुर।

ट्रेन गुडिरहँदा उनको मनमा त्रासको घन्टी बजिरहेको थियो– मणिपुर कस्तो होला, मैले काम पाउँछु कि पाउँदिन होला!

मणिपुर त पुगिन्। तर कसले काम दिने? कलकत्ताका होटल साहुले भनेझैं मणिपुरमा थुप्रै नेपाली त भेटिए, तर उनीहरु आ–आफ्नै सुरमा थिए। ताशिको बोलीको लबज भारतीयको जस्तै भएकाले पनि उनीहरुले वास्ता गरेनन्।

बल्ल एउटा खाजा पसलले उनलाई सहारा दियो। काम गरेबापत उनले मासिक एक सय भारु पाउने भइन्। तर, सुत्नका लागि छुट्टै कोठा थिएन। राति टेबल जोडेर त्यहीँ खाजा घरमा सुत्थिन्, उनी।

मणिपुरमा यसरी नै उनले करिब ५ वर्ष बिताइन्। यसबीच उनले धेरै साथीसंगाती कमाइसकेकी थिइन्।

केहीले उनलाई भनेका थिए, 'बर्मा गयो भने बुद्धत्व प्राप्त हुन्छ। मनमा शान्ति हुन्छ।'

शान्ति खोज्न बर्मा  
नेपाली समाजमा प्रचलित आहान छ 'बर्मा गए कर्मसँगै, नेपाल आए कपालसँगै'। ताशिलाई नेपाल आउन मन त थियो तर शान्ति प्राप्त गर्ने सोचले जित्यो। 

मोरे (मणिपुर) नाका हुँदै उनी बर्मा (म्यानमार) को टमु पुगिन्। त्यहाँ गुम्बा, मठमन्दिर र चर्च लगायतका ठूलाठूला धार्मिक स्थलहरु थिए। 

सुरुमा त उनी चर्चमा गइन्। पछि ठूलो गुम्बामा बस्न थालिन्। त्यहाँ थुप्रै पर्यटकहरु आउँथे, ताशिलाई माया गर्थे। उनीहरुले केही पैसा र खानेकुरा पनि दिन्थे। 

त्यहाँको माहोलले नै उनलाई विगत भुलाउन र वर्तमानसँग बाँच्न सिकाइसकेको थियो। विदेशी पर्यटक आइरहने भएकाले अंग्रेजी भाषामा कुरा गर्न पनि उनले सिकिसकेकी थिइन्।

'त्यहाँ पुगेपछि मात्रै मलाई शान्ति मिलेको थियो, म निकै खुसी थिएँ,' उनी भन्छिन्, 'गुम्बामा थुप्रै लामा र आनीहरु पनि थिए, उनीहरु ध्यान गरिरहेका हुन्थे। म पनि उनीहरुलाई हेर्दै त्यस्तै गरी ध्यान गर्न सिक्थेँ।'

बर्मामा केही महिना बसेपछि नै उनले आफूलाई सामान्य महसुस गर्न सक्ने भइन्। 'मेरो जीवनमा नराम्रो केही भएकै छैन, म ठिकठाक छु' भनेर गर्व गर्न थालिन्।

त्यसपछि नै उनी नेपाल आउन चाहन्थिन्। 'छुटेका परिवार, आफन्त अनि हराएको आफ्नो पहिचान खोज्छु भन्ने लागेको थियो,' उनी भन्छिन्, 'बर्माबाट कसरी नेपाल आउने भन्ने जानकारी नै थिएन। त्यसपछि पुन: मणिपुर नै फर्किएँ।'

फर्किएर उनी एक ठूलो रेस्टुरेन्टमा काम गर्न थालिन्। बर्मामा बस्दा अंग्रेजी भाषा सामान्य बोल्न र बुझ्न सक्ने ताशि विदेशी पर्यटकहरुसँग मजाले अंग्रेजीमा कुरा गर्न सक्ने भइसकेकी थिइन्।

भुटानी युवाको घात
कोपिलामै ओइलाएर झर्न लागेको ताशिको जीवनले बिस्तारै पालुवा हाल्दै थियो। कोठीमा दानव जस्तै लाग्ने पुरुषहरु प्रति उनको धारणा बदलिइसकेको थियो। उनलाई लाग्न थालिसकेको थियो- सबै पुरुष उस्तै हुँदैनन्। 

ताशिको मनमा प्रेम लहराउन थालेको थियो। त्यसै बेला पर्यटक लिन मणिपुर आएका एक भुटानी युवकसँग उनको भेट भयो। उनी ताशिले काम गर्ने रेस्टुरेन्टमा आइरहन्थे। 

कुराकानी र भेट बाक्लिँदै गएपछि युवक पनि नजिक हुन थाले। कुरैकुरामा उनले एक दिन भने, 'ताशि, तिमी मलाई निकै ब्युटिफुल लाग्छ, म तिमीलाई प्रेम पनि गर्छु।'

ताशिको मनमा पनि ती युवक प्रतिको प्रेम अँकुराउन थालिसकेको थियो। उनले सहजै युवकको प्रेम प्रस्ताव स्विकार गरिन्। 

पर्यटन व्यवसायी ती प्रेमी विवाहित हुन् भन्ने ताशिले पछि मात्रै थाहा पाइन्। तर पनि उनलाई गुमाउन चाहँदैन थिइन्।

'म उनलाई साँचो प्रेम गर्थें। तर उनीसँग छुट्न निकै मुस्किल हुँदै थियो,' भन्छिन्, 'उनले मलाई सँगै भुटान लैजाने सुनाएँ, म उनीसँगै जान तयार भइहालेँ।'

आफ्नो प्रेम कथा सुनाइरहँदा अघि रसाएका ताशिका आँखा ओभइसकेका थिए। गायब भएको मुस्कान फेरि फर्किएर ओठमा लाली बनेर बसिसकेको थियो।

एकैछिनपछि फेरि उनी मलिन हुन पुग्छिन्। प्रेमकथाले फेरि भावुकतातर्फ डोहोर्‍याउँछ।

'मणिपुरमा हुँदा हाम्रो प्रेम जति गाढा थियो, भुटान पुगेपछि भने बिस्तारै फेरिन थाल्यो,' उनले सुनाइन्।

रेस्टुरेन्टमा उनले कुकको काम पाइन्। तर कमाइको तलबजति प्रेमीले नै लिन थालेपछि उनमा शंका बढ्न थाल्यो। त्यो शंका जतिबेला पुष्टि भयो, फेरि उनको जीवनमा अर्को बज्रपात आइलाग्यो।

'मैले कमाएको पैसा लिएर ऊ अरु गर्लफ्रेन्डलाई घुमाउँदो रहेछ,' मसिनो स्वरमा ताशि बोलिन्, 'के म पैसा उत्पादन गर्ने मेसिन हुँ? बिस्तारै मलाई ऊसँग बस्ने रहर पनि मर्‍यो, त्यसपछि उसलाई छाडेर मणिपुर आउने निधो गरेँ।'

जर्बजस्ती आफूलाई भारतको मणिपुर धकेल्ने कोसिस गरिन् उनले। अन्तत: ३ वर्ष भुटान बसेर पुन: मणिपुर फर्कन्छिन्। 

प्रेमको धागो टुटेपछि
युवकसँगको प्रेम र विश्वास टुटेपछि एक्लो महसुस गरिरहेकी थिइन् ताशिले। अनेकौं हन्डर र ठक्कर भोगेर जसोतसो जीवनबोध गरिरहेका बेला धोका पाएपछि उनी जीवनदेखि नै विरक्तिएकी थिइन्।

'विगतमा भोगेको नर्क, हिजोको प्रेमिल संसार र आजको एक्लोपनले मलाई निकै पिरोल्छ,' फेरि उनका आँखा रसाउँछन्, 'म आफू यो संसारमा एक्लै भएको महसुस गर्न थाल्छु।'

यो एक्लोपनमा कोही त होला! तै उनी चित्त बुझाउँछिन् र नेपाल फर्कने सोच बनाउन थाल्छिन्। 

कोठीवाला साहुले आफ्नो घर रसुवा बताएको आधारमा उनी छटपटिन्छिन् र निर्णय गर्छिन्- अब म नेपाल जान्छु।

भारतमै हुर्किएकी ताशिलाई राम्ररी नेपाली भाषा बोल्न आउँदैन थियो। झापा आइसेकपछि उनी सुरुमा त हिन्दीमै नेपाली मिसाएर कुरा गर्न थाल्छिन्। सानोतिनो काम खोजेर एक विद्यालयमा अध्ययन पनि गर्न थाल्छिन्।

'झापामै ८ कक्षासम्मको औपचारिक शिक्षा लिएँ, त्यसपछि पढाइ छाडेर टुरिस्ट गाइडको काम गर्न थालेँ,' उनले सुनाइन्। 

टुरिस्ट गाइडकै रुपमा कहिले पूर्वी नेपालका इलाम, झापा त कहिले काठमाडौं, पोखरा लगायतका पर्यटकीय स्थलसम्म उनको यात्रा विस्तारित हुन पुग्छ।

सोही क्रममा ताशि रसुवा पुग्छिन्। किनकि त्यहाँ उनलाई आफ्नो वास्तविक पहिचान खोज्नु थियो। 

'सायद आमाबुवासँग भेट होला र 'छोरी' भनेर बोलाउनुहोला भन्ने लागेको थियो,' निराशाको सुस्केरा काढ्दै उनले भनिन्, 'तर न त आमाबुवा नै भेटिए, न त आफन्तहरु नै।'

नेपाली नागरिकता आफू जन्मिएको भनिएको रसुवाबाटै लिन चाहन्थिन् उनी। तर छुटिसकेका आफन्तहरुले बाटो मोडिसकेका थिए। कोही पत्ता नलागेपछि उनी निराश मुद्रामा काठमाडौं फर्किइन्। 

अफ्रिकनको त्यो झोला जसले पुर्‍यायो जेल 
एकदिन ताशि अफ्रिकन टुरिस्टहरुसँगै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै शम्भुमार्गमा हिँडिरहेकी थिइन्। अगाडिपट्टि टुरिस्टको बच्चा र पछाडि ठूलो झोला बोकेकी थिइन्। 

हिँड्दाहिँड्दै अचानक प्रहरीले रोक्यो। झोला खोतल्न थाल्यो। झोलामा रहेछ- लागुऔषधको खात र नक्कली अमेरिकी डलरका बिटा। जुन उनलाई थाहै थिएन। अफ्रिकन नागरिक र ताशि दुवै प्रहरी नियन्त्रणमा परे।

छानबिन गरी प्रहरीले ती अफ्रिकन नागरिकलाई त छाडिदियो। तर, उनी  लागुऔषध ओसारपसार तथा अवैध डलर कारोबारको आरोपमा तानिइन्।

'मैले यो बच्चा पनि मेरो होइन, झोला पनि त्यही अफ्रिकनको हो भनेर कति भनेँ, प्रहरीले मेरो कुनै कुरा सुनेन,' त्यो संकटबारे उनी भन्छिन्, 'लागुऔषध र नक्कली डलर लिएर नेपाल आउने अफ्रिकन फुत्कियो। उसको झोला बोक्ने म जेल परेँ। म निर्दोष मान्छेलाई प्रहरीले जबर्जस्ती जेल पुर्‍यायो।'

उनले सुन्धारास्थित केन्द्रीय कारागारमा ८ वर्ष जेल बसिन्। उनीसँग कुनै देशको नागरिकता थिएन। त्यही भएर उनलाई अरु विदेशी कैदीहरुसँगै राखिएको थियो। 

'जेल बस्दा अमेरिका, अस्ट्रेलिया, भारतीय महिला कैदीहरु साथी बनेका थिए, मैले उहाँहरुबाट थप अंग्रेजी सिक्ने अवसर पाएँ,' आफ्नो जेल जीवनबारे सुनाउँछिन्, 'एक त फाइदा पनि भयो, त्यसैबेला ल्यापटपमा टाइप गर्न पनि सिक्ने मौका पाएँ।'

राति सबै सुत्थे। उनलाई अबेरसम्म निद्रा लाग्दैन थियो। त्यहाँ एउटा टिभी थियो। सबै सुतिसकेपछि उनी अंग्रेजी भाषाको च्यानल हेर्ने गर्थिन्।

८ वर्षपछि जेलबाट मुक्त भए पनि नक्कली डलर कारोबार गरेको आरोपमा उनलाई कालिकास्थानस्थित अध्यागमन विभागले थप अनुसन्धानका लागि २ वर्ष राख्यो। 

फेरि सडकमै
अध्यागमनबाट पनि मुक्त भएपछि ताशिका लागि जाने ठाउँ कतै भएन। काम केही नपाएपछि मागेर खान थालिन्। उनलाई मानिसहरु हियाएर भन्थे- 'यतिको जवान मान्छे मागेर खान्छे, कहीँकी ठग!' 

टुरिस्ट गाइड गर्दा चिनेका केही साथीहरु त थिए तर सम्पर्कविहीन भइसकेका थिए। '१० वर्ष कारबाहीमा हराएर निस्किँदा उनीहरु कहाँ पुगे केही पत्तो पनि लागेन, फोन गर्नलाई मोबाइल पनि थिएन,' उनी सुनाउँछिन्, 'त्यसपछि म त पूरै रित्तिइसकेकी थिएँ। सडकबाहेर अर्को मेरो सहारा थिउन।'

उनी कसैसँग बोल्दैन थिइन्। एकान्त ठाउँमा बस्थिन्। कसैले खाने कुरा दिए खान्थिन्, नत्र भोकै बित्थ्यो उनको दिन।

'कति रात खाएँ, कति रात भोकै सडकमै बिताएँ,' अध्यागमनबाट निस्किएपछिका ५ महिना उनी बिर्सन सक्दिनन्।

एक दिन ४ जनाको समूह उनी नजिकै आएर बोलायो। उनी नसुनेजस्तै गरेर अर्कोतिर फर्किइन्। 

'एक जना क्यामेरा म्यान, एक जना नर्स, सामाजिक अभियन्ता र प्रहरी आएका थिए,' उनी त्यो दिन सम्झन्छिन्, 'उनीहरुले फकाउने प्रयास गरे तर मलाई विश्वास लागिरहेको थिएन। सबैबाट धोका मात्रै पाएको जिन्दगीले कसरी सजिलै विश्वास गर्न सक्थ्यो र।'

उनीहरुले कोसिस नामक संस्थामा लगेर उपचार गराउने, खान बस्न दिने सुनाए। तर पनि उनले पत्याइनन्। 

'कोसिस नेपालको ट्रान्जिट हाउसमा लगेर राम्रोसँग उपचार गराउँछौ र आफन्तको जिम्मा लगाउँछौं।' उनीहरुले पटकपटक विश्वास दिलाएपछि उनी सहमत भइन्। र, ललितपुरको भैंसेपाटीमा रहेको ट्रान्जिट हाउस जान तयार भइन्। 

त्यहाँ मानसिक समस्या भई सडकमा अलपत्र परेका मानिसहरुको उद्धार गरी उपचार गरिन्थ्यो। सुरुमा उनको मानसिक अवस्थाबारे जाँच गरियो।

'जेल र सडकमा बस्दा मलाई मानसिक समस्या भएको रहेछ, तर आफैलाई थाहा थिएन। त्यसपछि मलाई विभिन्न प्राकृतिक उपचार र मेडिकलबाट उपचार गरियो,' उनी भन्छिन्।

चिकित्सकहरुको उपचार र परामर्शबाट उनको मानसिक समस्यामा सुधार हुँदै गयो। विस्तारै उनी ट्रान्जिट हाउसका अन्य साथीहरुसँग नजिकिन थालिन्। आफ्ना भावनाहरु साट्न थालिन्। 

त्यहाँ बस्दा पनि उनलाई विभिन्न कलात्मक काम गर्न लगाइन्थ्यो। चित्र बनाउन, माला बुन्न, विभिन्न हस्तकलाका सामाग्री बनाउन सिकाइयो।  

अहिले पनि उनी औषधि खाइरहेकी छिन्। युरिन इन्फेक्सनको समस्या बेलाबेला बल्झिइरहन्छ। 

'जब म रङहरुसँग काम गर्न थालेँ, रङहरुले मेरो मनमा भएका नकारात्मक भावना हटाएर सकारात्मक भावना विकास हुन थाल्यो,' उनी भन्छिन्, 'मलाई कोसिस नेपालका संस्थापक मात्रिका देवकोटा सरले धेरै सहयोग गर्नुभयो, मेरो जीवनमा उहाँहरुको लगाउनुभएको गुन कहिले बिर्सन सक्दिनँ।'

ताशि होइन, कमला पौडेल 
ट्रान्जिट हाउसमा रहँदा उनले जीवनप्रति प्रेम गर्न सिकिन्। अरुलाई सेवा गर्न जानिन्। 

तर, त्यहाँबाट निस्किएपछि कहाँ जाने चिन्ता थियो उनमा। 

ट्रान्जिट होमबाट निस्किएपछि कोसिसमै उनले कुकको काम गर्न थालिन्। एक त्यहाँ बिताएपछि उनको आत्मविश्वास र सकारात्मक सोचकै आधारमा कोसिसले प्रोगाम अफिसरको जिम्मा दियो। अहिले पनि उनी त्यही जिम्मेवारीमा  छिन्। 

'म अनुमानित ४० वर्षकी भएँ, परिवार त गुमाएँ, बेचिए पनि कोठीबाट भागेर नेपालकी छोरी भन्ने पहिचान लिएर फर्कन सफल भएकी छु,' तर, उनीसँग अर्को समस्या छ, 'नेपाली नागरिकता लिनलाई प्रमाणहरु चाहिन्छन् रे। मसँग कुनै त्यस्ता कुनै पनि प्रमाण जुटेकै छैनन्।' 

'न्याय पाउन म कुनकुन न्यायालय धाउनुपर्ने हो र त्यहाँ कति दु:ख पाउनुपर्ने हो, त्यो मलाई थाह छ,' उनको अनुभवले भन्छ, 'म जस्ता थुप्रै चेलिबेटी बेचिनबाट रोक्न सरकारले कानुनलाई बलियो बनाउनुपर्छ। भारतसँगको खुल्ला सिमानामा पनि कडाइ गर्नुपर्छ। त्यसले थुप्रै चेलीको जीवन बर्बाद हुनबाट रोक्नेछ।'

थुप्रै महिला भारतमा पशुसरह किनबेच भइरहे पनि अपराधी पत्ता लाग्न नसक्दा उनीहरुले न्याय पाउन नसकिरहेको उनी बताउँछिन्।

ताशिबाट उनी हाल कमला पौडेल बनेकी छन्। कोसिस नेपालका संस्थापक मात्रिका देवकोटाले उनको सबै कुरा सुनेपछि नाम परिवर्तन गरिदिएको उनले सुनाइन्।

'मेरो अन्त कतै जाने ठाउँ नै छैन, मलाई मिल्काइन्छ कि छोरी भनेर स्विकारिन्छ त्यो त थाहा छैन,' भन्छिन्, 'तर म नेपालकी छोरी थिएँ र फेरि पनि नेपालकै छोरी हुन चाहन्छु।'

प्रकाशित मिति: बिहीबार, भदौ २६, २०७६  १२:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै
आज हरिपरिवर्तिनी एकादशी
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
विवाहको प्रमाणपत्र छैन ? सर्वोच्चले भन्यो– ‘अन्य प्रमाणबाट पनि नाता पुष्टि हुन सक्छ’ मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मंगलबार, असोज ६, २०८३
आज हरिपरिवर्तिनी एकादशी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस आगलागीमा गम्भीर घाइते भएका चालकको मृत्यु मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्