• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

फेवाताल अतिक्रमण : सर्वोच्चले प्रधानमन्त्रीलाई अदालत बोलाएपछि फैसला कार्यान्वयन गर्न छलफल

64x64
नेपाल लाइभ बुधबार, भदौ २५, २०७६  १५:४९
1140x725

काठमाडौं- फेवाताल अतिक्रमण विवादमा सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालत हाजिर हुन आदेश गरेपछि सरकारले त्यसको कार्यान्वयनका लागि छलफल थालेको छ।

भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले फैसला कार्यान्वयनका लागि तदारुकता देखाएको हो मन्त्रालयले मंगलबार महान्यायाधिवक्ताको कार्यालय, नापी विभाग, मालपोत कार्यालय र अन्य सरोकारवाला निकायसँग सर्वोच्च अदालतको फैसला कार्यान्वयनका लागि छलफल गरेको हो।

न्यायाधीश शुष्मालता माथेमाको इजलासले लिखित जवाफसहित अदालत बोलाएको जानकारी प्रधानमन्त्री कार्यालय र  मन्त्रालय पुगेपछि मन्त्रालयले छलफल थालेको हो।

सर्वोच्चले दिएको ६ महिना समयसीमा समाप्त भएपछि पनि फैसला कार्यान्वयनका लागि कुनै पनि सरकारी निकायले चासो नदेखाएपछि प्रधानमन्त्री ओलीसहित भूमिमन्त्री, गण्डकी प्रदेशका मुख्यमन्त्रीसहित ९ विरुद्ध अवहेलना मुद्दा दायर भएको थियो। 

सो मुद्दामा सर्वोच्चले १५ दिनभित्र फैसला कार्यान्वयन नहुनुको काणसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई उपस्थित हुन आदेश गरेको थियो। सर्वोच्चले प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर पुगेको समयमा वारेसमार्फत् अदालत उपस्थित हुन आदेश गरेको थियो।

फेवाताल अतिक्रमण गरी बसेका मानिसको जग्गासम्बन्धी सिमाना छुट्याउने काम नै भूमि मन्त्रालयले अड्काउदै आएको थियो। मन्त्रालयले सिमाना नछुट्टाउँदा प्रदेश सरकार र पोखरा महानगरपालिकाले त्यस क्षेत्रमा बसोबास गर्दै आएकालाई हटाउन पाएको छैन। 

पोखरा महानगरले केही समयअघि फैसला कार्यान्वयनका लागि अवैधानिक रुपमा निर्माण भएका घरटहरा भत्काउन सूचना जारी गरेपनि सिमा नछुट्टिएको कारण देखाउँदै स्थानीयले उच्च अदालतमा मुद्दासमेत हालेका थिए। 

उच्चले अवैधानिक संरचनाको सीमा नै निश्चित नभएको भन्दै अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशपछि महानगर पनि मौन बस्दै आएको छ। यसपछि अधिवक्ता खगेन्द्र सुवेदीले साउन १६ गते सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका थिए। उक्त मुद्दामा सुनुवाई गर्दै सर्वोच्चले भदौ ८ गते प्रधानमन्त्री ओलीसहित सबै विपक्षीसँग बाटोको म्याद राखेर १५ दिनको समय सिमा दिएको हो।

Ncell 2
Ncell 2
nimb
nimb

मंगलबारको छलफलमा लिखित जवाफलगत्तै नापी विभाग र अन्य विज्ञसहितको टोली फेवातालको सीमाना यकिन गर्न  पठाउन तयारी गर्ने विषयमा कुराकानी भएको एक सहभागीले बताए। सर्वोच्चलाई लिखित जवाफ पठाउने विषयमा पनि मन्त्रालयमा छलफल भएको थियो। फैसला कार्यान्वयन गर्न सरकारले काम गरिरहेको जवाफ दिने निष्कर्षमा छलफल पुगेको छ।

अधिवक्ता सुवेदीले प्रधानमन्त्री ओली, भूमि, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल, वनमन्त्री शक्ति बस्नेत, मुख्यसचिव  लोकदर्शन रेग्मी, प्रधानमन्त्री कार्यालयका सचिव डिल्लीराम घिमिरे, भूमि मन्त्रालयका तत्कालीन सचिव गोपीनाथ मैनाली, गण्डकी प्रदेशको मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङ र प्रदेशमन्त्री विकास लम्सालसिहत ९ जनालाई  विपक्षी बनाएर मुद्दा दायर गरेका थिए।

फेवातालको मुद्दामा सर्वोच्चले गरेको आदेश कार्यान्वयनमा कसैले पनि आफ्नो दायित्व निर्वाह नगरेको भन्दै सुवेदीले सर्वोच्चमा अवहेलना मुद्दा दायर गरेका थिए।  सर्वोच्चले दिएको ६ महिना समय कुनै पनि निकायले आफ्नो जिम्मेवारी पूरा नगरी कटाएको निवेदनमा उल्लेख छ। प्रधानमन्त्री कार्यालयले फेवातालको जमिनको क्षेत्र छुट्याउनु पर्ने र भूमि मन्त्रालयले रेखाङ्कन गर्नुपर्ने जिम्मेवारी सर्वोच्चको फैसलाले दिएको थियो। तर, उक्त कार्य सुरुवात नै नभई समयसीमा समाप्त भएपछि सुवेदीले सर्वोच्चमा अर्को मुद्दा दायर गरेका थिए।

२०७५ बैसाख १६ गते न्यायाधीशद्वय ओमप्रकाश मिश्र र सपना प्रधान मल्लको इजलासले अवैध संरचना भत्काउनू भनी फैसला सुनाएको थियो। सर्वोच्चले प्रधानमन्त्री कार्यालयदेखि स्थानीय सरकारसम्मलाई कामको जिम्मेवारीसमेत तोकेको थियो। सर्वोच्चले गरेको फैसलाको पूर्णपाठ ७ महिनापछि मंसिर ६ गते सार्वजनिक भएको थियो। उक्त पूर्णपाठपछि जिम्मेवार निकायहरूलाई फैसला कार्यान्वयन गर्ने दायित्व आइपरेको भए पनि त्यसको पालना नगरेकाले अवहेलनामा एक वर्ष  कैद र १० हजार रुपैयाँ जरिवाना गर्न माग गरिएको छ।

Xtrem

Xtrem

सर्वोच्चले विश्वप्रकाश लामिछाने संयोजकत्वको समितिले प्रतिवेदनमा उल्लेख गरेको ४ किल्ला क्षेत्र कायम गरी त्यसको ६५ मिटर  भागमा भवनलगायत तालको संरक्षणमा असर पुग्ने गरी कुनै पनि भौतिक संरचना बनाउन नपाउने गरी संरक्षण क्षेत्र घोषणा गर्न सरकारलाई आदेश गरेको थियो।

व्यक्तिको नाममा दर्ता भएको तालको जमिन एक वर्षभित्रै बदर गरी तालकै नाममा ल्याउन पनि अदालतले भनेको छ। फेवाताल संरक्षणको लागि २०६७ माघ १० गते अधिवक्ता खगेन्द्र सुवेदीले सर्वोच्चमा रिट दायर गरेपछि सर्वोच्चले यो फैसला गरेको थियो। 

गत वर्षको साउनमा सर्वोच्चले ६ महिनाभित्र फेवातालको ४ किल्ला छुट्याउनु भनेर सरकारको नाममा आदेश दियो। यो समयसीमा सकिए पनि काम भने भएको छैन। तालको नाममा रहेका जग्गा व्यक्तिका नाममा दर्ता गर्ने काम मालपोत ऐन २०३४ अनुसार गलत भएको सर्वोच्चको ठहर थियो।

प्रकाशित मिति: बुधबार, भदौ २५, २०७६  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन?
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले भने– कानुन ठूलो कि नागरिकको जीवन? बिहीबार, असोज ८, २०८३
भन्सार अधिकृतले सुरक्षा अधिकारीलाई धम्क्याएको अडियोबारे छानबिन गर्न सांसद संग्रौलाको माग बिहीबार, असोज ८, २०८३
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघमा १० हजार नेपाली सेना पठाउने परराष्ट्र मन्त्रीको प्रतिबद्धता बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्