झापा– होटलमा युवतीहरु राखेर वेश्यावृत्ति गराउने २ जना होटल संचालक जेल चलान भएका छन्।
बिर्तामोडको नयाँबसपार्कमा रहेको एवान होटल एण्ड लजका संचालक राज कुमार सिटौला र सिता कटवालालाई सोमबार जिल्ला अदालतले जेल चलानको आदेश दिएको डिएसपी कृष्ण प्रसाद कोइरालाले बताए।
उनीहरुविरुद्ध प्रहरीले मानव वेचबिखन मुद्दा चलाएको थियो। पीडित युवतीहरुकै जाहेरीका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो। युवतीहरुलाई होटलमा बन्धक बनाएर वेश्यावृत्तिमा लगाएका थिए। प्रहरीको सक्रियतापछि नयाँबसपार्क क्षेत्रका १८ वटा होटल तथा लजहरु बन्द भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।