जाकार्ता- इन्डोनेसियाको पश्चिमी प्रान्त जाभाको एक पर्यटकीय स्थलमा गएको पहिरोमा परी कम्तीमा ४ व्यक्तिको मृत्यु भएको छ।
सो पहिरोमा परी अन्य २ जना घाइते भएका राष्ट्रिय प्रकोप नियन्त्रण विभागले मङ्गलबार जानकारी दिएको छ।
भारी वर्षापछि ‘पानचाक रिसोर्ट’को नजिकमा पहिरो गएको थियो। यस पर्यटकीय स्थलमा बिदा मनाउनको लागि स्वदेश र विदेशका पर्यटकको भिड लाग्ने गर्दछ।
सो क्षेत्रमा मङ्गलबार गएको पहिरोमा परी मारिएका व्यक्तिको पहिचान भने भएको छैन। मृत्यु हुनेमा विदेशी पर्यटक पनि हुनसक्ने अनुमान गरिएको पर्यटन विभागले जानकारी दिएको छ।
पहिरोपछि थप प्रकोपको सम्भावनायुक्त चेतावनी दिइएका कारण सयौँको संख्यामा सर्वसाधारण त्यहाँबाट भागेका प्रकोप नियन्त्रण निकायले जनाएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।