काठमाडौं– साताको तेस्रो दिन नेप्से परिसूचक ६ दशमलब शून्य २ अंकले घटेर १ हजार ३ सय दशमलब शून्य ३ अंकको बिन्दुमा रोकिएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ।
यस दिन १ सय ५२ कम्पनीका २४ करोड २० लाख ९६ हजार १ सय ४६ पैयाँ बराबरको सेयर किनबेच भएका छन्। जबकि सोमबार ३० करोड ७८ लाख ३५ हजार ४ सय ५४ रुपैयाँ बराबरको सेयर किनबेच भएका थिए।
मंगलबार सेयर कारोबारको आधारमा सानिमा माई हाइड्रो पावर अग्रस्थानमा छ। यस दिन कम्पनीको १ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, एभरेष्ट बैंकको ८६ लाख १० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
मंगलबार कारोबारमा आएका १० समूहमा गिरावट आएको छ। यस दिन बिमा समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। मंगलबार बिमा समूह ३० दशमलब १८ अंकले घटेको छ भने जलविद्युत् समूह २२ दशमलब ५४ अंकले घटेको छ। त्यस्तै, लघुवित्त समूह ७ दशमलब ५५ अंकले घटेको छ।
यो दिनको कारोबारमा सर्वाधिक गुमाउनेमा कर्णली विकास बैंकका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६ रुपैयाँ अर्थात् ४ दशमलब ६१ प्रतिशतले घटेको छ। त्यस्तै, रिलायबल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ६१ रुपैयाँ गुमाएका छन्।
मंगलबार सर्वाधिक कमाउनेमा सिन्धु विकास बैंकका लगानीकर्ताहरु रहेका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता ४ दशमलब ५८ प्रतिशतले घटेको छ। त्यस्तै, सिभिल लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।