काठमाडौं- नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा एकैदिन १ करोड ९७ लाख ५९ हजार ४ सय ८९ कित्ता सेयर सूचीकृत भएको छ। मंगलबार नेप्सेमा बैंक अफ काठमाण्डूको संस्थापक सेयरसँगै अन्य पाँच कम्पनीको सेयर सूचीकृत भएको छ।
यस दिन बैंक अफ काठमाण्डूको ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर सूचीकृत भएको छ। त्यस्तै, आरएसडिसी लघुवित्त वित्तीय संस्थाको २३ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।
मंगलबार नै छिमेक लघुवित्त विकास बैंकको १६ लाख ५९ हजार २ सय ९३ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
यस्तै, आइसिएफसी फाइनान्सको ८ लाख ३ हजार ८ सय ८५ कित्ता र स्वदेशी लघुवित्त वित्तीय संस्थाको १ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। सोल्टी होटलको पनि ८६ लाख ८८ हजार २ सय ४४ कित्ता बोनस सेयर सूचीकृत भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।