• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, पुस १०, २०८२ Thu, Dec 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बिपी भन्नुहुन्थ्यो– विकासको केन्द्रमा मनुष्य हुनुपर्छ

64x64
नेपाल लाइभ मंगलबार, भदौ २४, २०७६  १७:३८
1140x725

आजकै दिन, १०५ वर्षअघि एउटा मनुष्यको जन्म भएको थियो। उहाँको नाम थियो, विश्वेश्वरप्रसाद कोइराला। 

नेपाली समाजमा उहाँलाई महामानव भन्ने चलन छ। म उहाँप्रति श्रद्धासुमन टक्र्याउन चाहन्छु। त्यतिमात्रै होइन, उहाँको ऐतिहासिक महत्त्व किन हो, यस संसदले किन उहाँका प्रति साँच्चै नै श्रद्धा र आभार पेस गर्नुपर्दछ भन्ने बताउन चाहन्छु।

उहाँको जीवन नेपाली इतिहासमा खुला किताबजस्तै छ। उहाँको जन्म, उहाँको पिताको प्रताडना, हिन्दूस्तानको स्वतन्त्रता आन्दोलनमा उहाँले भाग लिनुभएको तथ्य, राणा शासनको विरुद्धमा गर्नुभएको संघर्ष, राजा त्रिभुवनका महत्त्वाकांक्षाका विरुद्ध कानुनी र शान्तिपूर्ण तरिकाले लड्नुभएको लडाइँ, ०१५ सालको आम चुनाव र त्यसपछि राजा महेन्द्रद्वारा ८ वर्षको कैद र अर्को ७ वर्षको निर्वासन। यी सबै कुरा करिबकरिब हामीलाई थाहा छ।

म ती थोरै सौभाग्यशाली युवकमध्ये हुँ, जसले उहाँसँग थोरै सहकार्य गर्ने मौका पनि पायो। उहाँको जीवनलाई मैले नजिकबाट हेर्ने सौभाग्य पाएँ।

सारा इतिहासका कुराका निम्ति उहाँ स्मरणीय हुनुहुन्छ। प्रात स्मरणीय हुनुहुन्छ।

बिपीको जीवनमा महत्त्वपूर्ण कुरा आजको मितिमा आजको नेपाललाई चाहिएको एउटा केन्द्रीय अवधारणा छ। 

आज बिपीलाई सम्झँदै म चाहन्छु, यस संसदले पनि उहाँलाई सम्मान गरोस्। बिपी कुनै दलको नेता होइन। सिंगो मुलुकको नेता हो। सम्मान गर्ने क्रममा हामीले बिपीको विचारको अध्ययन गर्ने सुरुवात गरौं।

आज नेपालमा विद्यमान रहेको नेपालको संविधानले आफूलाई समाजवादोन्मुख भनेर घोषणा गरेको छ। बिपी कोइरालाले आजीवन आफूलाई समाजवादीको रुपमा प्रस्तुत गर्नुभयो। त्यही दिशामा उहाँका अध्ययन, प्रशिक्षण, लेख र पढाइ केन्द्रित रहे।

Ncell 2
Ncell 2

बिपीको सुदीर्घ ऐतिहासिक जीवनको एउटा यस्तो तिथिको म यहाँ उल्लेख गर्न चाहन्छु। जो मेरो जीवनमा सबैभन्दा महत्त्वपूर्ण छ। राणा शाहीको कालकोठरीमा आमरण अनसन गरेको तिथि होइन। ०१५ सालको चुनावपछि गिरफ्तार भएको तिथि होइन। १९५३ मा उहाँ एसियाइ समाजवादी सम्मेलनको स्थापना गर्ने क्रममा रंगुन पुग्नुभएको थियो। आफ्ना अनन्य मित्र कृष्णप्रसाद भट्टराई र धर्मपत्नी सुशीला कोइरालालाई लिएर रंगुनमा उहाँले समाजवादी सम्मेलनलाई स्थापना र सम्बोधन गर्नुभयो।

मैले आज यो किन भन्नु परेको छ भने, यहाँ विकासको कुरा भइरहेको छ। चीन र भारतको विकासको कुरा भइरहेको छ। तिनीहरुको वृद्धिदरको कुरा भइरहेको छ। अमेरिका र हिजोको रुसले उन्नति गरेको कुरा भइरहेको छ।

बिपी समाजवादको त्यो धाराको प्रतिनिधित्व गर्नुहुन्थ्यो, जसले बारम्बार विकास, प्रगति र समाजवाद भनेको मनुष्यलाई केन्द्रमा राखेर गर्ने कुरा हो। बिपीको उद्धरण धेरैलाई याद होला। विकास एउटा आर्थिक र राजनीतिक प्रक्रिया मात्र होइन। मानवीय प्रक्रिया हो।

बिपीले भन्नुभएको थियो, गाउँमा एउटा गाई होस्। ५० वर्षमा कहाँबाट कहाँ पुगिसक्यो। अब गाउँको कुरा रहेन। तर भन्न खोजिएको के भने, गाउँमा रहेको बेरोजगारी, अर्धबेरोजगारी र गुप्तबेरोजगारीलाई सम्बोधन गर्नुहोस्।

मनुष्यलाई बलियो नगराउञ्जेल, उत्पीडितलाई अधिकार नदिउञ्जेल, गाँस बास कपास र शिक्षाको व्यवस्था नगराउञ्जेल समाजवादका नाममा यसो गर्छु, उसो गर्छु भन्ने हवाई कुराको कुनै मतलब छैन।

बिपीले यो कुरा भन्नुभएको १९५३ मा हो। त्यसपछि आज झन्डै ७० वर्ष पुग्न आँटिसक्यो। यस अवधिमा विश्वले कोल्टे फेरेको छ। कुनै बेला विश्व समाजवादको राजधानी ठहरिएको सोभियत संघ भंग भएको छ। लगत्तै, चीन  माओत्से तुङको सिद्धान्त माओवादलाई छोडेर विकासको नाममा पुँजीवादको अन्धानुकरण आत्मघाती बाटोमा जाँदैछ।

बिपीले त्यतिबेला एसियाइ सम्मेलनमा दुईचार वटा कुरा भन्नुभएको थियो। त्यो सम्झना गर्नु ठीक हुन्छ।

कुनै पनि विकास, समाजवाद, साम्यवाद मनुष्यलाई केन्द्रमा राखेर गर्नुपर्छ। मनुष्य साध्य हो, साधन होइन।

विकास हुँदैछ, दुई चार जना मान्छे मरे मरुन्, दुईचार वटा महिला बलत्कृत भए होउन् भन्न पाइँदैन। प्रत्येक मनुष्य साध्य हो। यो बिपीको मान्यता थियो। उनको त्यही मान्यतालाई अगाडि बढाउँदै जयप्रकाश नारायण र डा राममनोहर लोहिया जस्ता भारतीय सहकर्मीहरुले विशाल सिद्धान्तको भण्डार खडा गरेका छन्।

विश्वमा आज वैकल्पिक मार्गमा हिँडौं भन्ने माग छ। बिपीले बारम्बार भन्नुभयो, विकासको पश्चिमी नक्कल गरेर नेपाल बाटोमा पुग्न सक्दैन।

यो के भनेको हो? म नेपालका पिएचडी, डाक्टर, बुद्धिजीवी, विद्वान, प्रधानमन्त्री र राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु।

बिपीले तीन वटामा जहिले पनि जोड दिनुभयो।

पहिले, (लक्ष्मीप्रसाद) देवकोटाका शब्दमा भन्ने हो भने, आर्तरहेका चहर्‍याइरहेका घाउमा मल्हम लगाऊ। प्रत्येक व्यक्तिको आँखाको आँसु सुकोस्। त्यसका विकासको नाममा नबढाऊ।

बिपीले भन्नुभएको थियो, गाउँमा एउटा गाई होस्। ५० वर्षमा कहाँबाट कहाँ पुगिसक्यो। अब गाउँको कुरा रहेन। तर भन्न खोजिएको के भने, गाउँमा रहेको बेरोजगारी, अर्धबेरोजगारी र गुप्तबेरोजगारीलाई सम्बोधन गर्नुहोस्।

बृद्धिदरका नाममा ठूल्ठूला हवाइजहाज, ठूल्ठूला एयरपोर्ट, ठूल्ठूला मोनोरेल, ठूल्ठूला जहाजका कुरा गरीकन जनतालाई भ्रमित नगराउनुहोस्। यो बिपीकै शब्द हुन्।

मुलुकमा सर्वप्रथम रोजगार र सुशासन कायम गरोस् र मुलुकलाई अनाहक ऋणको बोझमा पारेर अनाहक सपना देखाएर, सिंगापुर र स्विटजरल्याण्डको सपना देखाएर होइन, नेपाललाई नेपाल बनाउने संकल्पमा लैजाओस्।

बारम्बार भनिन्छ, उत्पादन बिना वितरण हुँदैन। एकदम सही कुरा हो। बिपीमा पनि भेटिन्छ, उत्पादन बिना वितरण हुँदैन। तर केको उत्पादन? अन्न, दूध, फलफूल, कपडामा परनिर्भर र गाउँमा श्रमिक बेरोजगार। बिप्रेषणका पैसा खाएर हामी बाँचिरहेका छौं। आर्थिक नीतिको वैकल्पिक बाटो बिपी कोइरालाको रचनामा छन्।

दुर्भाग्यवश लामो समयसम्म हाम्रो पार्टीको शासन भएता पनि हामीले बिपीका विचारलाई समुचित स्थान दिन सकेनौं। समय पनि त्यस्तै थियो। भूमण्डीकरणको बाढीमा, सोभियत संघको विघटनको भोलिपल्ट कोही पनि सायद बजारवादको बाटोबाट हट्न सक्दैनथ्यो। मनमोहन अधिकारीको सरकार पनि हटेन। गिरिजाको सरकार पनि हटेन।

तर अहिले आएर हामीले ४० वर्षमा देख्दैछौं, तथाकथित बृद्धिदरका नाममा हामी कता पुग्दैछौं। त्यसैले आज बिपीको अन्य महानतलाई पूरा गर्दै म विनम्रतापूर्वक भन्न चाहन्छु, बिपी कोइरालाले देखाउनुभएको वैकल्पिक बाटोतर्फ यस सरकारले सोचोस्। मुलुकमा सर्वप्रथम रोजगार र सुशासन कायम गरोस् र मुलुकलाई अनाहक ऋणको बोझमा पारेर अनाहक सपना देखाएर, सिंगापुर र स्विटजरल्याण्डको सपना देखाएर होइन, नेपाललाई नेपाल बनाउने संकल्पमा लैजाओस्।

त्यही आशाले पञ्चायतकालको लामो परम्परा, बीचका अवधिका अलमलका विरुद्धमा वर्तमान सरकारले मताधिकार पाएको छ।

आज बिपीलाई सम्झँदै म चाहन्छु, यस संसदले पनि उहाँलाई सम्मान गरोस्। बिपी कुनै दलको नेता होइन। सिंगो मुलुकको नेता हो। सम्मान गर्ने क्रममा हामीले बिपीको विचारको अध्ययन गर्ने सुरुवात गरौं। बिपीमात्रै होइन, मनमोहनको गरौं, पुष्पलालको गरौं। र, नेपाललाई साँच्चै नै तेस्रो बाटो देखाऔं। यो पुँजीवादको बाटो पनि चल्दैन। पुँजीवादको अनुकरण गरेर हिँडेका साम्यवादको बाटो चल्दैन। सोभियत रुस, चीन, अमेरिका र भारतको विकासको रङमङमा हामी नअलमिलौ।

बाटो लामो छ। तर जस्तै लामो बाटो पनि पहिलो डेगबाट हिँडिन्छ।

(मंगलबारको प्रतिनिधिसभाको विषय समयमा बोल्दै गिरिले राखेका धारणको सम्पादित अंश)

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा
सम्बन्धित सामग्री
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन भने जिन्दगी कस्तो होला? डिप्रेसनबाट पीडित व्यक्तिहरु भन्छन्,... बुधबार, मंसिर १७, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर त्यहीबेला बर्लिनमा सर्जरी विभागमा कार्यरत एक २५ वर्षीय मेडिकल डाक्टर थिए- वर्नर फ्रसम्यान । आइतबार, मंसिर १४, २०८२
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? एक नयाँ अनुसन्धानले देखाएको छ कि यो मजाक कठिन परिस्थितिमा बाँचिरहेका धेरै महिलाहरूका लागि वास्तविकतासँग काफ़ी मिल्दोजुल्दो हुन सक्छ। आइतबार, मंसिर ७, २०८२
ताजा समाचारसबै
ज्वागलबाट १२ घण्टापछि बाहिरिए बालेन बिहीबार, पुस १०, २०८२
बालेन र खगेन्द्र सुनारबीच भेटवार्ता, के भयो छलफल बिहीबार, पुस १०, २०८२
कांग्रेस महामन्त्री शर्माले गरे चुनाव नलड्ने घोषणा, नयाँलाई अवसर दिनुपर्ने धारणा बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जेनजीसँग बालेनको प्रस्ताव: म राजनीतिमा आएँ, तपाईहरू पनि एकजुट भएर आउनुहोस् बिहीबार, पुस १०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
बालेन र डा. बाबुराम भट्टराईबीच के भयो छलफल ? बिहीबार, पुस १०, २०८२
जाँचबुझ आयोगबाट ४ जनाको स्थानहद फुकुवा बुधबार, पुस ९, २०८२
बयानको लागि जाँचबुझ आयोगले बोलाएपछि देउवासँग परामर्श लिँदै पूर्व गृहमन्त्री लेखक बुधबार, पुस ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्