• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बिपी भन्नुहुन्थ्यो– विकासको केन्द्रमा मनुष्य हुनुपर्छ

64x64
नेपाल लाइभ मंगलबार, भदौ २४, २०७६  १७:३८
1140x725

आजकै दिन, १०५ वर्षअघि एउटा मनुष्यको जन्म भएको थियो। उहाँको नाम थियो, विश्वेश्वरप्रसाद कोइराला। 

नेपाली समाजमा उहाँलाई महामानव भन्ने चलन छ। म उहाँप्रति श्रद्धासुमन टक्र्याउन चाहन्छु। त्यतिमात्रै होइन, उहाँको ऐतिहासिक महत्त्व किन हो, यस संसदले किन उहाँका प्रति साँच्चै नै श्रद्धा र आभार पेस गर्नुपर्दछ भन्ने बताउन चाहन्छु।

उहाँको जीवन नेपाली इतिहासमा खुला किताबजस्तै छ। उहाँको जन्म, उहाँको पिताको प्रताडना, हिन्दूस्तानको स्वतन्त्रता आन्दोलनमा उहाँले भाग लिनुभएको तथ्य, राणा शासनको विरुद्धमा गर्नुभएको संघर्ष, राजा त्रिभुवनका महत्त्वाकांक्षाका विरुद्ध कानुनी र शान्तिपूर्ण तरिकाले लड्नुभएको लडाइँ, ०१५ सालको आम चुनाव र त्यसपछि राजा महेन्द्रद्वारा ८ वर्षको कैद र अर्को ७ वर्षको निर्वासन। यी सबै कुरा करिबकरिब हामीलाई थाहा छ।

म ती थोरै सौभाग्यशाली युवकमध्ये हुँ, जसले उहाँसँग थोरै सहकार्य गर्ने मौका पनि पायो। उहाँको जीवनलाई मैले नजिकबाट हेर्ने सौभाग्य पाएँ।

सारा इतिहासका कुराका निम्ति उहाँ स्मरणीय हुनुहुन्छ। प्रात स्मरणीय हुनुहुन्छ।

बिपीको जीवनमा महत्त्वपूर्ण कुरा आजको मितिमा आजको नेपाललाई चाहिएको एउटा केन्द्रीय अवधारणा छ। 

आज बिपीलाई सम्झँदै म चाहन्छु, यस संसदले पनि उहाँलाई सम्मान गरोस्। बिपी कुनै दलको नेता होइन। सिंगो मुलुकको नेता हो। सम्मान गर्ने क्रममा हामीले बिपीको विचारको अध्ययन गर्ने सुरुवात गरौं।

आज नेपालमा विद्यमान रहेको नेपालको संविधानले आफूलाई समाजवादोन्मुख भनेर घोषणा गरेको छ। बिपी कोइरालाले आजीवन आफूलाई समाजवादीको रुपमा प्रस्तुत गर्नुभयो। त्यही दिशामा उहाँका अध्ययन, प्रशिक्षण, लेख र पढाइ केन्द्रित रहे।

nimb
nimb
Ncell 2
Ncell 2

बिपीको सुदीर्घ ऐतिहासिक जीवनको एउटा यस्तो तिथिको म यहाँ उल्लेख गर्न चाहन्छु। जो मेरो जीवनमा सबैभन्दा महत्त्वपूर्ण छ। राणा शाहीको कालकोठरीमा आमरण अनसन गरेको तिथि होइन। ०१५ सालको चुनावपछि गिरफ्तार भएको तिथि होइन। १९५३ मा उहाँ एसियाइ समाजवादी सम्मेलनको स्थापना गर्ने क्रममा रंगुन पुग्नुभएको थियो। आफ्ना अनन्य मित्र कृष्णप्रसाद भट्टराई र धर्मपत्नी सुशीला कोइरालालाई लिएर रंगुनमा उहाँले समाजवादी सम्मेलनलाई स्थापना र सम्बोधन गर्नुभयो।

मैले आज यो किन भन्नु परेको छ भने, यहाँ विकासको कुरा भइरहेको छ। चीन र भारतको विकासको कुरा भइरहेको छ। तिनीहरुको वृद्धिदरको कुरा भइरहेको छ। अमेरिका र हिजोको रुसले उन्नति गरेको कुरा भइरहेको छ।

बिपी समाजवादको त्यो धाराको प्रतिनिधित्व गर्नुहुन्थ्यो, जसले बारम्बार विकास, प्रगति र समाजवाद भनेको मनुष्यलाई केन्द्रमा राखेर गर्ने कुरा हो। बिपीको उद्धरण धेरैलाई याद होला। विकास एउटा आर्थिक र राजनीतिक प्रक्रिया मात्र होइन। मानवीय प्रक्रिया हो।

बिपीले भन्नुभएको थियो, गाउँमा एउटा गाई होस्। ५० वर्षमा कहाँबाट कहाँ पुगिसक्यो। अब गाउँको कुरा रहेन। तर भन्न खोजिएको के भने, गाउँमा रहेको बेरोजगारी, अर्धबेरोजगारी र गुप्तबेरोजगारीलाई सम्बोधन गर्नुहोस्।

मनुष्यलाई बलियो नगराउञ्जेल, उत्पीडितलाई अधिकार नदिउञ्जेल, गाँस बास कपास र शिक्षाको व्यवस्था नगराउञ्जेल समाजवादका नाममा यसो गर्छु, उसो गर्छु भन्ने हवाई कुराको कुनै मतलब छैन।

बिपीले यो कुरा भन्नुभएको १९५३ मा हो। त्यसपछि आज झन्डै ७० वर्ष पुग्न आँटिसक्यो। यस अवधिमा विश्वले कोल्टे फेरेको छ। कुनै बेला विश्व समाजवादको राजधानी ठहरिएको सोभियत संघ भंग भएको छ। लगत्तै, चीन  माओत्से तुङको सिद्धान्त माओवादलाई छोडेर विकासको नाममा पुँजीवादको अन्धानुकरण आत्मघाती बाटोमा जाँदैछ।

बिपीले त्यतिबेला एसियाइ सम्मेलनमा दुईचार वटा कुरा भन्नुभएको थियो। त्यो सम्झना गर्नु ठीक हुन्छ।

कुनै पनि विकास, समाजवाद, साम्यवाद मनुष्यलाई केन्द्रमा राखेर गर्नुपर्छ। मनुष्य साध्य हो, साधन होइन।

विकास हुँदैछ, दुई चार जना मान्छे मरे मरुन्, दुईचार वटा महिला बलत्कृत भए होउन् भन्न पाइँदैन। प्रत्येक मनुष्य साध्य हो। यो बिपीको मान्यता थियो। उनको त्यही मान्यतालाई अगाडि बढाउँदै जयप्रकाश नारायण र डा राममनोहर लोहिया जस्ता भारतीय सहकर्मीहरुले विशाल सिद्धान्तको भण्डार खडा गरेका छन्।

विश्वमा आज वैकल्पिक मार्गमा हिँडौं भन्ने माग छ। बिपीले बारम्बार भन्नुभयो, विकासको पश्चिमी नक्कल गरेर नेपाल बाटोमा पुग्न सक्दैन।

यो के भनेको हो? म नेपालका पिएचडी, डाक्टर, बुद्धिजीवी, विद्वान, प्रधानमन्त्री र राष्ट्रपतिलाई यस विषयमा मनन गर्न अनुरोध गर्दछु।

बिपीले तीन वटामा जहिले पनि जोड दिनुभयो।

पहिले, (लक्ष्मीप्रसाद) देवकोटाका शब्दमा भन्ने हो भने, आर्तरहेका चहर्‍याइरहेका घाउमा मल्हम लगाऊ। प्रत्येक व्यक्तिको आँखाको आँसु सुकोस्। त्यसका विकासको नाममा नबढाऊ।

बिपीले भन्नुभएको थियो, गाउँमा एउटा गाई होस्। ५० वर्षमा कहाँबाट कहाँ पुगिसक्यो। अब गाउँको कुरा रहेन। तर भन्न खोजिएको के भने, गाउँमा रहेको बेरोजगारी, अर्धबेरोजगारी र गुप्तबेरोजगारीलाई सम्बोधन गर्नुहोस्।

बृद्धिदरका नाममा ठूल्ठूला हवाइजहाज, ठूल्ठूला एयरपोर्ट, ठूल्ठूला मोनोरेल, ठूल्ठूला जहाजका कुरा गरीकन जनतालाई भ्रमित नगराउनुहोस्। यो बिपीकै शब्द हुन्।

मुलुकमा सर्वप्रथम रोजगार र सुशासन कायम गरोस् र मुलुकलाई अनाहक ऋणको बोझमा पारेर अनाहक सपना देखाएर, सिंगापुर र स्विटजरल्याण्डको सपना देखाएर होइन, नेपाललाई नेपाल बनाउने संकल्पमा लैजाओस्।

बारम्बार भनिन्छ, उत्पादन बिना वितरण हुँदैन। एकदम सही कुरा हो। बिपीमा पनि भेटिन्छ, उत्पादन बिना वितरण हुँदैन। तर केको उत्पादन? अन्न, दूध, फलफूल, कपडामा परनिर्भर र गाउँमा श्रमिक बेरोजगार। बिप्रेषणका पैसा खाएर हामी बाँचिरहेका छौं। आर्थिक नीतिको वैकल्पिक बाटो बिपी कोइरालाको रचनामा छन्।

दुर्भाग्यवश लामो समयसम्म हाम्रो पार्टीको शासन भएता पनि हामीले बिपीका विचारलाई समुचित स्थान दिन सकेनौं। समय पनि त्यस्तै थियो। भूमण्डीकरणको बाढीमा, सोभियत संघको विघटनको भोलिपल्ट कोही पनि सायद बजारवादको बाटोबाट हट्न सक्दैनथ्यो। मनमोहन अधिकारीको सरकार पनि हटेन। गिरिजाको सरकार पनि हटेन।

तर अहिले आएर हामीले ४० वर्षमा देख्दैछौं, तथाकथित बृद्धिदरका नाममा हामी कता पुग्दैछौं। त्यसैले आज बिपीको अन्य महानतलाई पूरा गर्दै म विनम्रतापूर्वक भन्न चाहन्छु, बिपी कोइरालाले देखाउनुभएको वैकल्पिक बाटोतर्फ यस सरकारले सोचोस्। मुलुकमा सर्वप्रथम रोजगार र सुशासन कायम गरोस् र मुलुकलाई अनाहक ऋणको बोझमा पारेर अनाहक सपना देखाएर, सिंगापुर र स्विटजरल्याण्डको सपना देखाएर होइन, नेपाललाई नेपाल बनाउने संकल्पमा लैजाओस्।

त्यही आशाले पञ्चायतकालको लामो परम्परा, बीचका अवधिका अलमलका विरुद्धमा वर्तमान सरकारले मताधिकार पाएको छ।

आज बिपीलाई सम्झँदै म चाहन्छु, यस संसदले पनि उहाँलाई सम्मान गरोस्। बिपी कुनै दलको नेता होइन। सिंगो मुलुकको नेता हो। सम्मान गर्ने क्रममा हामीले बिपीको विचारको अध्ययन गर्ने सुरुवात गरौं। बिपीमात्रै होइन, मनमोहनको गरौं, पुष्पलालको गरौं। र, नेपाललाई साँच्चै नै तेस्रो बाटो देखाऔं। यो पुँजीवादको बाटो पनि चल्दैन। पुँजीवादको अनुकरण गरेर हिँडेका साम्यवादको बाटो चल्दैन। सोभियत रुस, चीन, अमेरिका र भारतको विकासको रङमङमा हामी नअलमिलौ।

बाटो लामो छ। तर जस्तै लामो बाटो पनि पहिलो डेगबाट हिँडिन्छ।

(मंगलबारको प्रतिनिधिसभाको विषय समयमा बोल्दै गिरिले राखेका धारणको सम्पादित अंश)

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १७:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्