• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

बिपीलाई दरबारले नबुझ्नु नै दुर्भाग्य

64x64
नेपाल लाइभ मंगलबार, भदौ २४, २०७६  १६:०८
1140x725

२०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्किएपछि बिपीसित मेरो हिमचिम बढ्यो। जनमत संग्रहपछि त हाम्रो सम्बन्ध राजनीतिमा मात्र सीमित रहेन, पारिवारिक बन्न पुग्यो। 

बिपी अक्सर मकहाँ आइरहन्थे। उनी आएपछि घरको माहोलै बेग्लै हुन्थ्यो। हामी राजनीतिक छलफल गथ्र्यौ, पारिवारिक कुरा हुन्थे। एकदिन बिपीले मसँग जिज्ञासा राखे, महेन्द्रले ‘कू’ गर्नुको कारण के थियो?

महेन्द्रकै कार्यकालमा २०२६ सालमा प्रधानमन्त्री भएकाले उनलाई लागेको हुनसक्छ, राजाले मलाई धेरै कुरा बताएका छन्। तर, २०१७  सालमा म भर्खर राजनीतिमा संघर्ष गरिरहेको थिएँ। 

मैले जवाफ दिएँ, ‘मलाई के सोध्नुहुन्छ। तपाईकै प्रिय मान्छे विश्वबन्धु र तुलसीलाई सोध्नू न।’

त्यसपछि उनले कहिल्यै यो कुरा उप्काएनन्। जनमत संग्रहताकै बिपीले मलाई प्रस्ताव राखे, ‘तपाई पनि राष्ट्रवादी सोचको मान्छे। किन हामी एकै ठाउँ मिलेर काम नगर्ने?’
मैले बिपीलाई आफू लामो समयदेखि पञ्चायतमा सक्रिय रहेको सम्झाउँदै भनेँ, ‘तपाईको कुरा ठिक हो। तर, म अहिले राजासँग छु। अहिले छाडेँ भने घात हुँदैन? धोका दिएजस्तो हुँदैन?’

बिपीले फेरि दोहोर्याएर त्यो कुरा झिकेनन्। 

त्यही समयतिर स्याङ्जामा बिपीलाई झन्डै मारेको। त्यतिबेला बहुदल र निर्दलबीच ठूलो कटुता थियो। जसले पायो, त्यसले सिध्याउने। म पनि पञ्चायततिरबाट सक्रिय थिएँ। गोरखामा भाषण गर्न गएको कांग्रेस समर्थकले झन्डै मारे। रातभरि पुलिस एस्कर्टिङमा बस्नुपर्यो। दमौलीमा त्यस्तै। 

बिपीले यो खबर पाएछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

उनले आफ्ना कार्यकर्तालाई बोलाएर हकारे, ‘के गरेको त्यस्तो? कीर्तिनिधिजीको विरोध किन गरेको? उनी पञ्चायतमा छन् भन्दैमा आफ्नो विचार राख्न नपाउने?’

सच्चा प्रजातन्त्रवादी हुन् बिपी, जो सबैको विचारलाई उत्तिकै कदर गर्थे। 

OOO

बिपी सानो कुरा पनि हेक्का राख्थे। जनतामा जान भनेपछि भित्रैदेखि रमाउँथे। प्रजातन्त्र र प्रजातान्त्रिक चरित्रमा चट्टानजस्तै अडिग। कसैप्रति उनको रोष थिएन। न कसैप्रति दुर्भावै राख्थे। प्रजातान्त्रिक आस्थामा विश्वास गर्ने र राष्ट्रवादीलाई एकजुट बनाएर लानुपर्छ भन्ने उनको सोच थियो। जीवनमा दरबारबाट प्रत्याडित भए। तर, उनले आवेशमा आएर राजसंस्थाको कहिल्यै विरोध गरेनन्। मान्छे खराब हुन सक्ला तर संस्था खराब हुँदैन भन्ने उनको मान्यता थियो। यहाँसम्म कि, महेन्द्रले उनीमाथि त्यत्रो अन्याय गरे, तैपनि महेन्द्रप्रति कहिल्यै तुष राखेनन्। 

एउटा महान नेतामा हुनुपर्ने गुण यही हो, व्यक्तिलाई भन्दा राज्यलाई प्राथमिकता दिने। 

अहिले सम्झन्छु, आखिर किन महेन्द्रले आफूले त्यतिविधि मानेको नेतालाई पदच्युत गरे? मैले देख्दा, महेन्द्र पनि बिपीप्रति कुनै पूर्वाग्रह राख्थेनन्। बिपीको कुरा हुँदा उनको भावै अर्को हुन्थ्यो। भन्थे, ‘पिएम(प्रधानमन्त्री) हुनलायक मान्छे त बिपी नै हो।’

महेन्द्रलाई पछिल्लो समय बिपीलाई राष्ट्रिय राजनीतिमा जोड्न नसकेकोमा ठूलो पछुतो थियो। एकदिन उनले हामीलाई (त्यतिबेला म प्रधानमन्त्री थिएँ) बोलाए। र, संविधानका केही धारा फेरबदल गरेर बिपीलाई राष्ट्रिय राजनीतिमा फर्काउने मनसाय व्यक्त गरे। त्यसको सात दिनमै महेन्द्रको निधन भयो। आफैंले ‘कू’ गरेर पत्ताच्युत गरेका प्रधानमन्त्रीलाई आफैँले राष्ट्रिय राजनीतिमा समावेश गराउने उनको ध्येय इतिहासको गर्भमा त्यसै हरायो। 

OOO

बिपी २०३३ सालमा ‘राजाको घाँटी मसँग जोडिएको छ’ भन्दै फर्किएका हुन्। तर, उनको मेलमिलापको नीतिभित्र लुकेको मनसाय दरबारले बुझन सकेन। त्यसैको परिणम हो, अहिले देशमा राजसंस्था छैन। 

बिपीले त्यत्रो खतरा मोलेर देश फर्किएपछि त्यसभित्र के अर्थ लुकेको छ भन्ने दरबारले बुझ्न सक्नुपथ्र्यो। तर, खराब सल्लाहकारका पछाडि लागेर फेरि बिपीलाई राष्ट्रिय राजनीतिबाट अलग राख्ने काम भयो। 

बीरेन्द्रको सबभन्दा ठूलो भुल यही हो। उनले बिपी राष्ट्रिय मेलमिलापको नीति लिएर देश फर्किनेबित्तिकै बुवा(महेन्द्र) ले मर्नुभन्दा अगाडि गर्न खोजेको काम पुरा गर्नुपथ्र्यो। 

OOO

जनमत संग्रहताका बिपी दिनहुँजसो मेरो घर आउँथे। एकपल्ट नास्ता खाइरहँदा मसँग सोधे, ‘कीर्तिनिधिजी, जनमत संग्रहमा हामीहरु जित्छौं हैन?’

मैले फ्याट्ट जवाफ दिएँ, ‘जित्नुहुन्न। तपाईहरुको संगठन कमजोर छ। फेरि अलिकति चलखेल त भइहाल्छ।’

बिपी हाँसे।

‘तपाईले गल्ती भन्नुभयो। चुनाव त हामी नै जित्छौं,’ कोठामा संगै बसेका मेरा छोराछोरीतिर देखाउँदै भने, ‘सोध्नुस् तपाईका छोराछोरीलाई, उनीहरु पनि हामीलाई नै भोट हाल्छन्।’

एकचोटि मृगेन्द्रशमशेरका छोराले खाना खाने निम्तो दिएका थिए। बिपीसँगै किसुनजी र गणेशमान पनि आएका थिए। मैले त्यहाँ पनि भनेँ, ‘कांग्रेसले जित्दैन।’

त्यतिबेला गणेशमानलगायत सबैले मेरो मजाक उडाए। आखिर चुनावमा त्यही भयो।

गणेशमानले विरोध गर्नुपर्छ भने। तर, बिपीको तर्क थियो, ‘हामीले जनमतको अपमान गर्नुहुन्न।’

बिपीलाई थाहा थियो, चुनावमा धाँधली भएको छ। तर, उनी प्रजातान्त्रिक अभ्यास सुरु हुन लागेकोमा खुसी थिए। 

OOO

बिपी मलाई खुब आदर गर्थे। मलाई भने उनको व्यवहारले लज्जित बनाउँथ्यो। भन्थे, ‘बिपीबाबु, तपाई मैले मानेको नेता। मेरो अग्रज पनि। त्यसैले, मलाई धेरै माथि चढाएर सम्मान नगुर्नस्।’

बिपीले मलाई धेरै आदर गरेको अरुलाई पनि मन परेको रहेनछ। एकदिन घरमा सबै भएको बेला गणेशमानजीले कुरा झिके, ‘के हो बिष्टजी, तपाईले त हाम्रो नेतालाई मोहनी लाउनुभएजस्तो छ नि! तर, बिष्टजी, म यो मान्दिनँ। तपाईहरुले कति दुःख दिनुभयो हामीलाई।’

म बिपीलाई जोगी भन्थेँ। इमानदार नेता। राज्यले पनि उनलाई चिन्न सकेन। प्रधानमन्त्री भइसकेको मान्छेलाई राज्यले एउटा सुविधा पनि दिएन। ‘उनीसँग मोटर थिएन। एकपल्ट प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम थियो। त्यहाँ राजा बीरेन्द्र र म थियौं। बिपीलाई पनि निम्तो गरिएको रहेछ। 

फर्किने बेला सबै गाडीमा गइहाले। बिपी त्यतिबेला चाबहिलमा भाइ तारिणीसँग बस्थे। उनले मनजिक आएर भने, ‘कीर्तिनिधिजी, म तपाईको मोटरमा जान्छु।’
मैले श्रीमतिलाई पछाडि बसाएर बिपीलाई अगाडि सिटमा राखेर घर छोडिदिएँ। पछि पुरै हल्लाखल्ला भएछ। कुरा दरबारसम्म पुगेछ, ‘कीर्तिनिधि त बिपीसँग मिल्यो। एउटै गाडीमा हिँड्छ।’

OOO

यो २०१५ सालको कुरा हो। बिपी प्रधानमन्त्री थिए। म कांग्रेसको विरोधी पार्टीका रुप्मा डिल्लीरमण रेग्मीले स्थापना गरेको नेपाली राष्ट्रिय कांग्रेसमा आवद्ध थिएँ। हामी २ पैसामा बिक्री हुने पत्रिका निकाल्दै कांग्रेसको विरोध गथ्र्यौ। राष्ट्रिय कांग्रेस पनि प्रजातन्त्रमै आस्था राख्ने पार्टी हो। तर, केही कुरामा कांग्रेससँग हाम्रो ‘रिजर्भेसन’ थियो। हामी आफूलाई मन नपरेको कांग्रेसको नीतिबारे पत्रिकामा छाप्थ्यौं। 

एकदिन विशालनगरतिर हिँड्दै थिएँ। बिपीले देखेछन्। उनले झ्याप्प गाडी रोक्न लगाए। सोधे, ‘कीर्तिनिधिजी, कता जान लागेको?’

त्यतिबेला प्रायः मानिसहरुको जक्सन न्युरोड हुन्थ्यो। मैले पनि त्यहीँ जान लागेको बताएँ। बिपीले मलाई आफ्नो गाडीमा हालेर न्युरोड गेटभन्दा अगाडिको महांकाल मन्दिरतिर छोडिदिए। 

म बिपीप्रति अनुग्रहित भएँ। त्यतिबेला राष्ट्रिय कांग्रेसको जग त्यति बलियो थिएन। त्यही पनि बिपीले २०१५ सालमा निर्वाचनमा सँगै मिलेर लड्न आग्रह गरेका थिए। बिपीलाई सुरुमा आफ्नो त्यति धेरै मत आउँछ भन्ने लागेको थिएन। 

२०३९ सालतिर उपचारका लागि विदेश लैजानुअघि म बिपीलाई भेट्न चाबहिल पुगेको थिएँ। 

पावरवाल चस्माबाट पुलुक्क मतिर हेर्दै उनले भने, ‘को, कीर्तिनिधिजी? म आउँछु भन्दै थिएँ।’

त्यसपछि न उनी मेरो घर आए। न उनीसँग मेरो भेट भयो। 

[नवीन अर्यालसँग कुराकानीमा आधारित। बिष्टको २०७४ कात्तिक २५ गते निधन भएको थियो। पहिलोपटक नेपाल लाइभमा २०७५ भदौ २४ गते प्रकाशित] 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०७६  १६:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
जग्गा अनियमितता प्रकरणमा रेडक्रसका पूर्वअध्यक्ष थापासहितका पूर्वपदाधिकारी पक्राउ मंगलबार, भदौ २, २०८३
केवाइसी अपडेटको बहानामा बैंक खाताबाट रकम ठगी गर्ने गिरोह पक्राउ मंगलबार, भदौ २, २०८३
प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित मंगलबार, भदौ २, २०८३
देउवाको ‘म हिन्दू हुँ’अभिव्यक्तिप्रति प्रचण्ड जंगिए, संविधान बाहिर गए सक्किने चेतावनी मंगलबार, भदौ २, २०८३
संवैधानिक इजलास गठनमा निश्चित मापदण्ड अपनाउन नेपाल बारको माग मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्