काठमाडौं– नेपाल भाषा परिषदले कविता वाचन र अन्तरक्रिया कार्यक्रम गरेको छ।
अमेरिकी कवि विला सेनेबर्गको उपस्थितिमा भएको कार्यक्रममा उनले कविताको संरचना र सम्प्रेषणका बारेमा बोलेकी थिइन्। उनले समय र संस्कृतिको भिन्नताले कविताको प्रभावकारितामा प्रभाव पार्ने भएकाले अनुभूतिहरुको प्रस्तुतिमा कविहरुले सचेतता अपनाउनुपर्ने बताइन्।
कार्यक्रममा कवि विलाले अमेरिकी परिवेशबाट जीवन र जगतलाई हेरिएका केही कविता वाचन गरेकी थिइन्।
यस्तै, नेपाली कविहरु योगेन्द्र प्रधान, वंशी श्रेष्ठ, केशवमान शाक्य, नविन चित्रकार, पुष्परत्न तुलाधर, प्रतिसरा साय्मी, सुदन खुसः, सुलोचना मानन्धर, पुष्पराज राजकर्णिकार, श्रीराम श्रेष्ठ, सुधीर ख्वबि, रजनीमिला, शाक्य सुरेन, भगतदास श्रेष्ठ र नारद बज्राचार्यले पनि कविता पाठ गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।