काठमाडौं- एसियन लाइफ इन्स्योरेन्स कम्पनीले फागुन १३ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ४० लाख २७ हजार ९६६ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।
हकप्रद शेयरमा माघ ७ गतेसम्म कायम शेयरधनीले चैत १८ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रaन्धकमा एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ।
हाल कम्पनीको चुक्ता पुँजी ८० करोड ५५ लाख रुपैयाँ रहेको छ। हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।
कहाँबाट दिने आवेदन?
एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौं, लगनखेल ललितपुर, चिप्लेढुङ्गा पोखरा, एसियन लाइफ इन्स्योरेन्स कम्पनी मैतीदेवी काठमाडौं,
एसियन लाइफ इन्स्योरेन्सको शाखा कार्यालयहरु बनेपा, सुर्खेत, बुटवल, दमक, महेन्द्रनगर, विर्तामोड, विराटनगर, नारायणगढ, नेपालगञ्ज, धरान, दाङ, वीरगञ्ज, पोखरा, धनगढी, हेटौंडा, लहान, नुवाकोट, डोटी, बालाजु, पाल्पा र आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।