काठमाडौं- नेपाली कांग्रेसले संसदीय समितिका छलफलका क्रममा राखिएका फरक मतप्रति वर्तमान सरकारले बेवास्ता गरेको जनाएको छ।
‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’, ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’प्रति वर्तमान सरकार संवेदनशील नभएको आरोप कांग्रेसको छ।
प्रस्तावित विधेयकमा आएका संसोधन प्रस्तावप्रति सरकारलाई ध्यानाकर्षण गराइएको छ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको प्रस्तावना, प्रावधान र व्यवस्थालाई उल्लंघन गरी ल्याइएका विधेयक संविधान प्रतिकूल रहेको विज्ञप्ति मार्फत जनाएका छन्।
संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी प्रस्तुत भएका विधेयकहरुलाई तत्काल सच्चाउन माग गर्दै सोही रुपमा पारित भए कांग्रेसलाई स्वीकार्य नहुने चेतावनी दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।