काठमाडौं- नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुको विधान, सांगठनिक संरचना तथा सैद्धान्तिक पक्षका बारेमा आवश्यक सुझाव लिन छलफल डाकिएको छ। भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समितिको आइतबार साँझ बसेको बैठकले कांग्रेसका विभिन्न तह र तप्काका नेताकार्यकर्ताहरुसँग छलफल गर्ने निर्णय गरको हो।
समिति संयोजक एनपी साउदका अनुसार छलफलका लागि कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यहरुसँग भदौ २५ गते बिहान ११ बजे, भ्रातृ संघका सभापति, निवर्तमान सभापति र विधान मस्यौदा समितिका संयोजकसँग सोही दिन दिउँसो १ बजे भेला डाकिएको छ।
यस्तै शुभेच्छुक संस्थाहरुका अध्यक्ष, निवर्तमान अध्यक्ष र विधान मस्यौदा समितिका संयोजकहरुसँग भदौ २६ गते दिउँसो १ बजे र भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रस्तावित सभापति र विधान मस्यौदा समितिका संयोजकहरुसँग भदौ २९ गते दिनको १ बजे छलफल गरिनेछ। सबै छलफल केन्द्री कार्यालय सानेपामा आयोजना हुनेछन्।
यस्तो छ छलफलको सूचीः
क) भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरुको सांगठनिक संरचनालगायत मुलभूत सैद्धान्तिक विषयमा एकरुपता कायम गराउनका लागि र भ्रातृ एवं शुभेच्छुक संस्था कायम गराई पाऊँ भनी माग गरिएका विषयमा नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यहरुसँग २०७६ भाद्र २५ गते बिहान ११ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल आयोजना गर्ने।
ख) भ्रातृ संघहरुको सांगठनिक संरचना लगायत मुलभूत सैद्धान्तिक विषयमा एकरुपता कायम गराउनका लागि र भ्रातृ एवं शुभेच्छुक संस्था कायम गराई पाऊँ भनी माग गरिएका विषयमा भ्रातृ संघका सभापति, निवर्तमान सभापति र विधान मस्यौदा समितिका संयोजकसँग २०७६ भाद्र २५ गते दिनको १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल आयोजना गर्ने।
ग) शुभेच्छुक संस्थाहरुको सांगठनिक संरचना लगायत मुलभूत सैद्धान्तिक विषयमा एकरुपता कायम गराउनका लागि र भ्रातृ एवं शुभेच्छुक संस्था कायम गराई पाऊँ भनी माग गरिएका विषयमा शुभेच्छुक संस्थाहरुका अध्यक्ष, निवर्तमान अध्यक्ष र विधान मस्यौदा समितिका संयोजकहरुसँग २०७६ भाद्र २६ गते दिनको १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल आयोजना गर्ने।
घ) भ्रातृ संघ एवं शुभेच्छुक संस्थाहरुको सांगठनिक संरचना लगायत मुलभूत सैद्धान्तिक विषयमा एकरुपता कायम गराउनका लागि र भ्रातृ एवं शुभेच्छुक संस्था कायम गराई पाऊँ भनी माग गरिएका विषयमा माग भई आएका भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रस्तावित सभापति र विधान मस्यौदा समितिका संयोजकहरुसँग २०७६ भाद्र २९ गते दिनको १ः०० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल आयोजना गर्ने।
यसैगरी बैठकले 'भ्रातृ एवं शुभेच्छुक संस्थाको सैद्धान्तिक मापदण्ड तथा विधान सुझाव समिति'को सचिवमा नेपाली कांग्रेस केन्द्रीय कार्यालयका सचिव डा प्रदिप पराजुलीलाई नियुक्त गर्ने निर्णयसमेत गरेको संयोजक साउदले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।