काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी ट्रेड युनियन खारेज नहुने स्पष्ट पारेका छन्।
मन्त्री पण्डितले कार्यालय समयभित्र भने कर्मचारी ट्रेड युनियनहरुको सम्पूर्ण प्रतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा पनि गरे। निजामती सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजामती कर्मचारीहरुलाई इमान्दारिताका साथ काम गर्न पनि सचेत गराए।
उनले देशप्रति समर्पित भएर काम गराउन सरकारले उत्कृष्ट कर्मचारीहरुलाई निजामती सेवा पुरस्कारको व्यवस्था गरेको उल्लेख गर्दै अख्तियारको फन्दामा पर्ने जस्ता अनुशासनहीन काम नगर्न पनि कर्मचारीलाई कडा निर्देशन दिए।
मन्त्री पण्डितले संविधान र कानुन अनुसार कर्मचारीहरुको समायोजन गरिएकाले उनीहरुले त्यसमा प्रतिवद्ध भएर काम गर्नुको विकल्प नरहेको पनि दोहोर्याए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।