काठमाडौं– साताको दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। सोमबार परिसूचक १० दशमलब ४६ अंकले घटेर १ हजार ४ सय दशमलब शून्य ५ अंकको बिन्दुमा रोकिएको छ।
सोमबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ।
यस दिन १ सय ५४ कम्पनीका ३० करोड ७८ लाख ३५ हजार ४ सय ५४ रुपैयाँ बराबरको सेयर किनबेच भएका छन्। जबकि आइतबार ४६ करोड ६४ लाख ९० हजार ७ सय ४८ रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको थियो।
सोमबार सेयर कारोबारको आधारमा सानिमा माई हाइड्रो पावर अग्रस्थानमा छ। यस दिन कम्पनीको ३ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, नबिल बैंकको १ करोड ३१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
सोमबार कारोबारमा आएका १० समूहमा गिरावट आएको छ। यसदिन बिमा समूहका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। सोमबार बिमा समूह ८४ दशमलब ८१ अंकले घटेको छ भने जलविद्युत् समूह ३० दशमलब २ अंकले घटेको छ। त्यस्तै, लघुवित्त समूह १७ दशमलब ३८ अंकले घटेको छ।
आजको कारोबारमा सर्वाधिक गुमाउनेमा गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सका लगानीकर्ता छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँ अर्थात् ५ दशमलब ७६ प्रतिशतले घटेको छ। त्यस्तै, तिनाउ विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता १२ रुपैयाँ गुमाएका छन्।
सोमबार सर्वाधिक कमाउनेमा यी कम्पनीका लगानीकर्ता रहेका छन्ः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।