विकास समितिको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवासहितका सांसदहरु।
काठमाडौं- प्रतिनिधिसभाका विभिन्न समितिहरुमा रहेका सांसदहरुको समिति हेरफेर गरिएको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रस्तुत गरिएको हेरफेर प्रस्ताव सभाले अनुमोदन गरेको हो।
प्रतिनिधिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम विभिन्न समितिहरु गठन गरिएका छन्।
यस्तो छ हेरफेरको सूचीः
-
शेरबहादुर देउवा– विकास तथा प्रविधि समितिबाट कानुन न्याय तथा मानवअधिकार समितिमा
-
सञ्जयकुमार गौतम– कानुन न्याय तथा मानवअधिकार समितिबाट विकास तथा प्रविधि समितिमा
-
स्मृतीनारायण चौधरी– कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट कानुन न्याय तथा मानवअधिकार समितिमा
-
देवप्रसाद तिमल्सिना– कानुन न्याय तथा मानवअधिकार समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा
-
महेन्द्र कुमारी लिम्बु– कानुन न्याय तथा मानवअधिकार समितिबाट महिला तथा सामाजिक समितिमा
-
कर्मा घले– महिला तथा सामाजिक समितिबाट कानुन न्याय तथा मानवअधिकार समितिमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।