राजविराज– सेवाग्राहीसँग घुस लिएको नगद ४० हजारसहित सप्तरी जिल्ला कारागारका जेलर कृष्ण दाहाल पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुन्धान आयोगको बर्दिबासस्थित कार्यालयको टोलीले स्थानीय मुरली चिया पसलबाट दाहाललाई पक्राउ गरेको हो। सेवाग्राहीसँग पैसा लेनदेन गरिरहेको बेला उनलाई पक्राउ गरिएको टोलीका एक अधिकृतले जानकारी दिए। सेवाग्राहीको नाम गोप्य राखिएको छ।
कैदी–बन्दीलाई जेल सरुवा गरिदिने आश्वासन दिएर दाहालले ४० हजार लिँदै गर्दा पक्राउ गरिएको अधिकृतको भनाइ छ। घटनाको मुचुल्का तयार गरी दाहाललाई आयोगको काठमाडौंस्थित केन्द्रीय कार्यालयमा उपस्थित गराउने उनले बताए।
दाहाललाई पक्राउ गर्न बर्दिबास र इटहरीस्थित सम्पर्क कार्यालयको संयुक्त टोली खटिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।