काठमाडौं- बिमा कम्पनीहरुले मंसिर मसान्तसम्म प्रिमियम संकलन २१ दशमलब ८९ प्रतिशतले बढाएका छन्।
बिमा समितिको 'अनअडिटेट' वित्तीय विवरण अनुसार कम्पनीहरुले ५७ अर्ब २५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । गत वर्ष मंसिर मसान्तसम्म कम्पनीहरुले ४६ अर्ब ९६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका थिए।
बिमा समितिका अनुसार जीवन बिमा कम्पनीहरुले ३८ अर्ब ८६ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्। त्यस्तै, निर्जीवन बिमा कम्पनीहरुले १८ अर्ब ३८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन्।
बिमा कम्पनीको पुँजी १४ अर्ब
बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा चुक्ता पुँजी २९ दशमलब ३९ प्रतिशतले बढाएका छन्।
बिमा समितिको मंसिर मसान्तसम्मको तथ्यांक अनुसार बिमा कम्पनीहरुले १४ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याएका छन्। कम्पनीहरुको गत मंसिर मसान्तसम्म चुक्ता पुँजी ११ अर्ब १७ करोड रुपैयाँ थियो।
जसअनुसार जीवन बिमा कम्पनीहरुको पुँजी ८ अर्ब २९ करोड रुपैयाँ छ, भने निर्जीवन बिमा कम्पनीको पुँजी ६ अर्ब २२ करोड रुपैयाँ छ।
बिमा कम्पनीहरु चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण सार्वजनिक गर्ने तयारीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।