• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

एसिड आक्रमणमा परेकी किशोरीलाई थप उपचारका लागि काठमाडौं पठाइयो

प्रेम प्रस्ताव अस्वीकार गरेपछि मुस्कानमाथि एसिड प्रहार
64x64
नेपाल लाइभ शुक्रबार, भदौ २०, २०७६  २२:२४
1140x725

जनकपुर- प्रदेश २ मा ‘बेटी पढाउ बेटी बचाउ’ अभियान जोडतोडका साथ चलिरहेको छ। अर्कोतर्फ 'बेटी' (छोरी)हरुमाथि नै आक्रमण हुने क्रम रोकिएको छैन। कतै छोरीलाई दाइजोका नाममा जलाएर जिउँदै मारिएको छ भने कतै बलात्कार र एसिड प्रहार भइरहेको छ।

प्रदेश २ कै आर्थिक राजधानीको रुपमा रहेको वीरगन्जमा त्यस्तै एक घटना भएको छ। शुक्रबार बिहानै बजार क्षेत्रमै एक किशोरीमाथि एसिड प्रहार भएको हो। उपचाररत एसिड प्रहारबाट घाइते किशोरीको अवस्था गम्भीर रहेको उनका परिवारजनले बताएका छन्।

यस्तो थियो घटना
बिहानै विद्यालय पढ्न भनेर हिँडेकी वीरगन्ज महानगरपालिका-११, श्रीपुर घर भई हाल वीरगन्ज-३, छप्कैयामा बस्दै आएकी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड आक्रमण गरिएको हो।

छप्कैयास्थित मामाको घरमा बसेर अध्ययन गर्दै गरेकी मुस्कानमाथि विद्यालय जाँदै गरेको बेला शुक्रबार बिहान स्थानीय दुई किशोरले एसिड प्रहार गरेका थिए। एसिड प्रहारबाट खातुनको अनुहार, छाती, हातखुट्टा लगायत अंगहरु जलेका छन्।

वीरगन्ज-२ का स्थानीय सम्साद मियाँ हजार र माजिद मियाँ हजार मिलेर बिहान ६ बजेको समयमा मुस्कानमाथि एसिड छ्यापेको प्रहरीले जनाएको छ।

पक्राउ गरेका साम्सद मियाँ हजार।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार एसिड प्रहार गरी फरार दुईमध्ये एक साम्सद मियाँ हजारलाई पक्राउ गरिएको छ। अर्का अभियुक्तको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड प्रहार
एकतर्फी प्रेम प्रस्ताव अस्वीकार गर्दा मुस्कानमाथि एसिड प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

वीरगन्ज-२ का माजिदले आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै मुस्कानमाथि एसिड प्रहार गरेका थिए। वीरगन्ज-४, गणेशमान चोकमा साथी सम्सादको सहयोगमा माजिदले मुस्कानमाथि एसिड छ्यापेका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

शुक्रबार बिहान वीरगन्जको ६ नम्बर गेटनजिकै रहेको श्री त्रिभुवन हनुमान माध्यमिक विद्यालय गइरहेकी उनलाई बाटोमै रोकेर ती युवकहरुले एसिड प्रहार गरेका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

कक्षा ९ मा अध्ययनरत खातुनलाई माजिदले एकतर्फी प्रेम गर्दै आएका थिए। मुस्कानलाई माजिदले पटक-पटक प्रेम प्रस्ताव राखेका थिए। तर, मुस्कानले उनको प्रेम प्रस्ताव अस्वीकार गरेपछि सो घटना घटाएको शर्माले बताए।

थप उपचारको लागि काठमाडौं रेफर
एसिड प्रहारबाट गम्भीर घाइते भएकी मुस्कानलाई तत्कालै उद्धार गरी वीरगन्जको नारायणी उपक्षत्रीय अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँ उपचार सम्भव हुने स्थिति नदेखिएपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको अस्पतालले जनाएको छ। उनलाई कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ।

गाला, घाँटी, छाती र हात जलेको उनको अवस्था चिन्ताजनक रहेको चिकित्सकहरुले जनाएका छन्।

एसिड प्रहारबाट घाइते भएकी मुस्कानको उपचारका लागि पर्सा क्षेत्र नम्बर '१' का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले आर्थिक सहयोग गरेका छन्। यादवले ५० हजार र सरावगीले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

फरार माजिदलाई पक्राउ गर्न प्रहरी परिचालन
एसिड प्रहार गरी भाग्न खोज्दा माजिदसँगै रहेका सम्सादलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाएका थिए।

मुख्य आरोपी माजिद भने फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। फरार माजिदलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको पर्साका प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए।

दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन

मुस्कान खातुनमाथि एसिड प्रहार गर्ने दोषीलाई कारबाहीको माग गर्दै वीरगन्जका युवाहरुले आज प्रदर्शन गरेका छन्। युवा नेता शेख मुन्नाको अगुवाइमा युवाहरुको एक समूहले वीरगन्जको घण्टाघर चोकमा प्रदर्शन गरेका हुन्।

युवाहरुले एसिड प्रहारमा संलग्नलाई कडा कारबाही हुनुपर्ने, महिलाहरुको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनपश्चात् आयोजित कोणसभामा बोल्दै समाजिक अभियन्ता ओम प्रकाश सरार्फले दोषीलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरे।

त्यस्तै, राजपाकी महिला नेतृ रम्भा मिश्र, कांग्रेसकी सुस्मा तिवारी, देशभक्त लोकतान्त्रिक पार्टीका जलेश्वर सरार्फ, समाजिक अभियन्ता मोनिका सिंह लगायतले एसिड प्रहार घटनाको निन्दा गर्दै दोषीलाई कारबाही  पीडितलाई क्षतिपूर्तिको माग गरे।

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०७६  २२:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत बुधबार, जेठ १३, २०८३
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ बुधबार, जेठ १३, २०८३
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन बुधबार, जेठ १३, २०८३
कृषि क्षेत्रमा आर्थिक वृद्धिदर घट्ने बुधबार, जेठ १३, २०८३
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्