काठमाडौं– नेपाल राष्ट्र बैंकले आज ५ अर्ब १६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ।
यसका लागि दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ। बिक्री गरिने कुुल ट्रेजरीमध्ये २८ दिने अवधिको ३ अर्ब २५ करोड र ९१ दिने अवधिको एक अर्ब ९१ करोड रुपैयाँ रहेको छ।
राष्ट्र बैंकले यसअघि पुस ३० गते ५ अर्ब ७५ करोड र पुस ३ गते १३ अर्बको ट्रेजरी बिल जारी गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।