काठमाडौं- सर्वोच्च अदालतले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)को एमबिबिएस प्रवेश परीक्षा रोक्न आदेश दिए लगत्तै आइओएमले अरु सबै विषयको प्रवेश परीक्षा पनि स्थगित गर्ने निर्णय गरेको छ।
आइओएममा आकस्मिक रुपमा बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
सर्वोच्चले चिकित्सा शिक्षा ऐनको दफालाई आधार मान्दै परीक्षा रोक्न आदेश दिएपछि आइओएमले अन्य विषयको परीक्षा पनि रोक्ने निर्णयमा पुगेको हो।
आइओएममा भएको छलफलले एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी, बिपिएच लगायतका सबै विषयको परीक्षा स्थगित गर्ने निर्णय गरेको डिन डा जगदिश प्रसाद अग्रवालले जानकारी दिए।
आइओएमको परीक्षा, शनिबार, आइतबार, सोमबार र मंगलबार हुने तय भएको थियो। यी परीक्षामा सबै विषयमा गरी झण्डै २० हजार विद्यार्थीले आवेदन दिएका थिए। परीक्षाका लागि देशभरबाट विद्यार्थीहरु काठमाडौं आएका छन्।
यो निर्णयसँगै विद्यार्थीमा थप अन्योल सिर्जना भएको छ।
आइओएमद्वारा जारी सूचनाः
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।