श्रीनगर (काश्मिर)- भारत नियन्त्रित काश्मिरमा शनिबार भएको गोली हानाहानमा कम्तीमा दुई जना लडाकुको मृत्यु भएको छ।
श्रीनगरदेखि १६५ किलोमिटर उत्तरपश्चिमतर्फ पर्ने कुप्वारा जिल्लामा भएको गोली हानाहानमा परी उनीहरुको मृत्यु भएको भारतीय सेनाले जनाएको छ।
भारत नियन्त्रित कश्मिरको भित्री भागमा घुसपैठ गर्ने प्रयास गरेकाले उनीहरुमाथि कारबाही गरिएको भारतीय सेनाका प्रवक्ता कोल राजेश कालियाले जानकारी दिए।
'आज हाम्रो सुरक्षा फौज माचिल क्षेत्रमा गएको थियो, घुसपैठ गर्न खोज्ने लडाकुहरुलाई सुरक्षा फौजले कारबाही गरेको छ,' उनले भने।
प्रवक्ताका अनुसार घटनास्थल क्षेत्रमा अहिले पनि सुरक्षा कारबाही जारी छ। हिमाली क्षेत्र काश्मिर भारत र पाकिस्तानमा विभाजित छ। दुवै पक्षले सो ठाँउ आफ्नो भएको दाबी गर्दै आएका छन्।रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।