काठमाडौं- नेपाली कांग्रेसले प्रदेश ३ अन्तर्गतका ७ जिल्लामा महाधिवेशन प्रतिनिधिहरुलाई आज प्रशिक्षण सञ्चालन गरेको छ।
प्रदेश ३ का काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछापका महाधिवेशन प्रतिनिधिहरुको लागि भक्तपुरमा प्रशिक्षण राखिएको छ।
भक्तपुरमा राखिएको कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवा सहितका शीर्ष नेता सहभागी भएका छन्।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गरेको प्रशिक्षण शनिबार सकिनेछ।
प्रदेश ३ अन्तर्गत बाँकी जिल्लाको प्रशिक्षण हेटौंडामा हुने बताइएको छ। रसुवा, नुवाकोट, धादिड., चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशन प्रतिनिधिहरुका लागि मकवानपुर प्रशिक्षण आयोजना गर्ने बताइए पनि मिति तय गरिएको छैन।
प्रदेश १ को लागि धनकुटा र मोरड, प्रदेश २ को लागि जनकपुरधाम र वीरगञ्ज तथा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिकामा प्रशिक्षण हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।