काठमाडौं- माओवादी केन्द्रका त्रिलोचन भट्ट प्रदेश नम्बर ७ को मुख्यमन्त्री हुने पक्का भएको छ।
माओवादी केन्द्रको प्रदेश ७ बाट निर्वाचित सांसदको आइतबार बिहान बसेको बैठकले भट्टलाई संसदीय दलको नेतामा चयन गर्ने निर्णय गरेको हो। संसदीय दलको नेता चुनिएसँगै भट्टलाई ७ नम्बर प्रदेशको मुख्यमन्त्री बन्न बाटो खुलेको छ।
प्रदेश ७ का माओवादी इन्चार्ज लेखराज भट्टले एकलौटी ढङ्गले त्रिलोचनको नाम सिफारिस गरेको भन्दै सांसदहरु वीरमान चौधरी र मानबहादुर धामीले विरोध गरेका थिए।
आइतबार बिहान भएको बैठकमा संसदीय दलका १२ सांसदले भट्टलाई संसदीय दलको नेता बनाउनुपर्ने मत राखेका थिए।
एमालेसँगको सहमति अनुसार प्रदेश नम्बर ७ को प्रादेशिक सरकारको नेतृत्व माओवादी केन्द्रले गर्ने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।