काठमाडौं- राष्ट्रिय स्तरका ११ विकास बैंकहरुले चालु आर्थिक वर्षको ६ महिनासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। राष्ट्र बैंकले पुँजी वृद्धिका लागि तोकेको समय सकिनै लाग्दा केही बैंकहरु मर्जरमा जाने अन्तिम चरणमा पुगेका छन्।
यसै क्रममा टुरिज्म डेभलपमेन्ट बैंक मेगा बैंकसँग मर्ज हुने अन्तिम चरणमा पुगेको छ भने एनआइडसी र राष्ट्रिय वाणिज्य बैंकको एकीकृत कारोबार हुने दिन पनि नजिकिँदो छ। त्यसैले उक्त बैंकहरुको विवरण यस तथ्यांकमा समावेश गरिएको छैन।
निर्धारित चुक्ता पुँजी ५ बैंकको मात्रै
राष्ट्र बैंकले पुँजी वृद्धिका लागि तोकेको समय सकिनै लाग्दा राष्ट्रियस्तरका विकास बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा ५ राष्ट्रिय स्तरका विकास बैंकहरुले मात्रै हालसम्म पुँजी पुर्याएका छन्।
राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म राष्ट्रिय स्तरका विकास बैंकहरुले २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको छ।
यस अवधिमा सबैभन्दा धेरै चुक्ता पुँजी हुने विकास बैंक महालक्ष्मी विकास बैंक रहेको छ। यस बैंकको चुक्ता पुँजी २ अर्ब ६३ करोड ३९ लाख ९७ हजार रुपैयाँ रहेको छ।
राष्ट्रियस्तरका विकास बैंकको पुँजी

२ विकास बैंकबाहेक अन्यको खुद ब्याज आम्दानी बढ्यो
बैंकहरुले सार्वजनिक गरेको विकास बैंकमध्ये दुई विकास बैंकको खुद ब्याज आम्दानी घटेको छ भने ९ बैंकको ब्याज आम्दानी बढेको छ। ब्याज आम्दानी घटाउनेमा कैलाश विकास बैंक र ओम डेभलपमेन्ट बैंक रहेका छन्। सबैभन्दा बढी खुद ब्याज आम्दानी कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ। बैंकले ५५ करोड ८२ लाख ७६ हजार रुपैयाँ ब्याज आम्दानी कमाएको छ।
कुन बैंकको खुद ब्याज आम्दानी कति?

ओमको नाफा घट्यो, अरुको बढ्यो
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ओम डेभलपमेन्ट बैंकको खुद मुनाफा २० दशमलव ९९ प्रतिशतले घटेको छ भने अन्य १० बैंकको नाफा बढेको छ। महालक्ष्मी विकास बैंकको नाफा सबैभन्दा धेरै ४२ दशमलव ५६ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै नाफा कमाउने बैंकमा कैलाश विकास बैंक रहेको छ। बैंकले दोस्रो त्रैमाससम्ममा २६ करोड रुपैयाँ नाफा कमाएको छ।
खुद मुनाफाको आधारमा कुन बैंक अगाडि?

लुम्बिनीबाहेक अन्यको प्रतिशेयर आम्दनी घट्यो
दोस्रो त्रैमासमा लुम्बिनी विकास बैंकबाहेक अन्य बैंकको प्रतिशेयर आम्दनी घटेको छ।
बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४९ पैसाले बढेको छ। कामना सेवा विकास बैंकको मर्जरपछिको पहिलो दोस्रो त्रैमासिक विवरण भएकाले अघिल्लो वर्षको प्रतिशेयर आम्दानी समावेश गरिएको छैन।
प्रतिशेयर आम्दानीको आधारमा बैंकको अवस्था
६ बैंकको निष्क्रिय कर्जा घट्यो
चालु आर्थिक वर्षको ६ महिनामा ६ बैंकको निष्क्रिय कर्जा घटेको छ। यस अवधिमा सबैभन्दा बढी निष्क्रिय कर्जा महालक्ष्मी विकास बैंकको रहेको छ। बैंकको निष्क्रिय कर्जा ३ दशमलव ३९ प्रतिशत रहेको छ।
त्यस्तै सबैभन्दा कम निष्क्रिय कर्जा मुक्तिनाथ विकास बैंकको शून्य दशमलव शून्य १ प्रतिशत रहेको छ।
कुन बैंकको निष्क्रिय कर्जा कति?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।