काठमाडौं– साताको कारोबार हुने पहिलो दिन नेप्से परिसूचक १ दशमलब ०१ अंकले घटेर १ हजार ४ सय १० दशमलब ५१ अंकको बिन्दुमा रोकिएको छ।
आइतबार नेप्से परिसूचक घटेपनि कारोबार रकममा भने सुधार आएको छ।
यस दिन १ सय ६३ कम्पनीका ४६ करोड ६४ लाख ९० हजार ७ सय ४८ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएका छन्। जबकि अघिल्लो सातको अन्तिम कारोबार बिहीबारका दिन ४१ करोड ७० लाख ९८ हजार ६ सय ४३ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो।
आइतबार शेयर कारोबारको आधारमा नेपाल बैंक अग्रस्थानमा छ। यस दिन बैंकको ७ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बैंकको शेयरमा पछिल्लो केहि दिनदेखि उच्च कारोबार हुँदै आएको छ। त्यस्तै कुमारी बैंकको २ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आइतबार कारोबारमा आएका १० समूहमध्ये तीन समूहमा हरियाली छाएको छ भने अन्य समूह घटेका छन्। यसदिन विकास बैंक समूह ४ दशमलब ६५ अंकले बढेको छ भने बैंकिङ समूह २ दशमलब शून्य ४ अंकले बढेको छ। त्यस्तै, अन्य समूह शून्य दशमलब ६४ अंकले बढेको छ।
आइतबार सर्वाधिक गुमाउनेमा बीमा समूहका लगानीकर्ता रहेका छन्। यो समूहको कमाइ ३५ दशमलब ९८ अंकले घट्दा होटल समूहमा ३२ दशमलब ८२ अंकले गिरावट आएको छ।
आजको कारोबारमा सर्वाधिक गुमाउनेमा जानकी फाइनान्सका लगानीकर्ता रहेका छन्। कम्पनीको शेयर मूल्य ६ दशमलब ४८ प्रतिशत अर्थात् प्रतिशेयर १२ रुपैयाँले घटेको छ। त्यस्तै, बुटवल पावरको शेयर मूल्य प्रतिकित्ता ३१ रुपैयाँले घटेको छ।
बिहीबार सर्वाधिक कमाउनेमा साल्ट ट्रेडिङ्का लगानीकर्ताहरु रहेका छन्। कम्पनीको शेयर मूल्य ५ दशमलब ६६ अर्थात् १५ रुपैयाँले बढेको छ भने समानता माइक्रोफाइनान्सको शेयर मूल्य २८ रुपैयाँले बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।