काठमाडौं - एभरेष्ट इन्स्योरेन्सले हकप्रद शेयर अनुपातमा परिमार्जन गर्ने भएको छ। हालसम्म साधारण शेयर लगानीकर्ता मात्र रहेको इन्स्योरेन्सले संस्थापक शेयर जारी गरेपछि मात्रै यसअघि घोषणा गरेको हकप्रद शेयर जारी गर्ने भएको हो।
कम्पनीको माघ १८ गते बसेको ७८औं बैठकले हाल कायम रहेका कम्पनीका शेयरधनीहरुलाई थप ५१ प्रतिशत संस्थापक शेयर कायम हुने गरी हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ। सो पश्चात् मात्रै सम्पूर्ण शेयरधनीका लागि आवश्यक हकप्रद शेयर जारी गर्ने इन्स्योरेन्सले जनाएको छ।
कम्पनीले यसअघि १ बराबर ६ अनुपातमा हकप्रद शेयर जारी गर्ने घोषणा गरेको थियो। हाल १२ करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले ५१ प्रतिशत संस्थापक शेयर हुने गरी थप हकप्रद शेयर जारी गर्दा पुँजी २४ करोड ७९ लाख रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।