• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख १५, २०८३ Tue, Apr 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

चीनमा मानव बेचबिखनको जोखिममा नेपाली महिला, आकर्षक रोजगारी भन्दै यौनधन्दा!

मानव अधिकार आयोगद्वारा गम्भीर हुन सरकारलाई सूझाव
64x64
नेपाल लाइभ मंगलबार, भदौ १७, २०७६  ०७:४१
1140x725

काठमाडौं- रसुवाकी बबिता तामाङ (नाम परिवर्तन) गाउँकै विद्यालयबाट एसएलसी सकेर १०+२ अध्ययनका सिलसिलामा काठमाडौं आउने तर्खरमा थिइन्। चिनजानकै एक व्यक्तिले उनलाई छिमेकी मुलुक चीनमा छिर्न सके मालामाल कमाइ हुने सुनाए।

उनलाई सपिङ सेन्टरमा 'सेल्स गर्ल'को काम गर्नुपर्ने र मासिक २ लाख रुपैयाँभन्दा बढी कमाइ हुने सुनाइएको थियो।

चीनमा टन्न कमाई हुने सुनेपछि बबिताको मन लोभियो। उनी चीन जान तयार भइन्। चिनजानका व्यक्तिले नै ‍भनेकाले उनले यस कुरामा सहजै विश्वास गरिन् र आवश्यक प्रक्रिया पूरा गर्न भन्दै दलाललाई १ लाख ८० हजार रुपैयाँ बुझाइन्।

सबै प्रक्रिया पूरा गरेर चीन पुगेकी बबितालाई बेइजिङस्थित ल्याओनिङ प्रान्तमा पुर्‍याइयो। भिजिट भिसाको सेटिङमा चीन पुर्‍याइएकी बबिताको काम सपिङ महलमा 'सेल्स गर्ल'को नभएर डान्सबारमा पो रहेछ।

चीन पुर्‍याइएपछि मात्रै आफूलाई भनिएको भन्दा भिन्न काम गर्नुपर्ने रहेछ भन्ने उनले थाहा पाइन्। सुरुमा त बबिताले काम गर्न इन्कार गरिन्। तर, अन्य कुनै विकल्प थिएन। बाध्य भएर उनी त्यहीँ डान्सबारमा काम गर्न थालिन्। डान्सबारमा नाच्नेसँगै मालिकले अह्राएअनुसार सबै काम गर्नुपर्थ्यो।

'ग्राहकहरुलाई रिझ्याउन यौनसम्बन्ध पनि राख्नु पर्थ्यो,' बबिताले आफुले गरेको कामका सम्बन्धमा खुलाइन्, 'कहिलेकाहीँ अर्कै प्रान्तमा पनि पुर्‍याइन्थ्यो, साहुले भनेअनुरुप जति जनासँग पनि यौन सम्बन्ध राख्न तयार हुनुपर्थ्यो।’

डान्सबारमा काम गरेबापत उनले मासिक ४० हजार रुपैयाँ जति पाउँथिन्। त्यो पनि कहिले पाउथिन्, कहिले पाउँदिनथिन्। यौनदासी भएर बसिरहन उचित नलागेपछि बबिता एकदिन काम छाडेर त्यहाँबाट भागिन् र अवैध बनिन्।

सोही क्रममा दूतावासको पहलमा बबिता स्वदेश फर्किन सफल भइन्।

nimb
nimb
Ncell 2
Ncell 2

चीनका विभिन्न होटल, रेस्टुराँ तथा डान्सबारहरुमा बबिता जस्ता धेरै नेपाली युवतीहरु यौन धन्दामा संलग्न भएको तथ्य राष्ट्रिय मानव अधिकार आयोगले फेला पारेको छ।

आयोगले विभिन्न संघसस्था, चीनस्थित नेपाली दूतावासलगायत पीडितहरुसँग गरेको कुराकानीमा आधारित 'नेपाल-चीन मानव बेचबिखनको अवस्था विषयक अनुसन्धान प्रतिवेदन, २०७६' प्रस्तुत गरेको छ। प्रतिवेदनमा छिमेकी मुलुक चीनमा नेपाली कामदारहरु मानव बेचबिखनको जोखिममा रहेको प्रष्ट्याइएको छ।

तिब्बतमा यौनकर्मका लागि ठूलो संख्यामा पुर्‍याइन्छन् नेपाली महिला
ठूलो संख्यामा नेपाली महिलाहरुलाई चीनको तिब्बतमा बेचबिखनका लागि पुर्‍याइने तथ्य आयोगले फेला पारेको छ।

नेपाल र चीनबीच सीमा अनुगमनमा कडाइ भए पनि भिजिट भिसाको जालो बुनेर नेपाली महिलाहरुलाई यौनदासी बनाउनका लागि तथा जबर्जस्ती विवाहका लागि चीन पुर्‍याइने गरेको खुलेको हो। नेपाली युवतीहरुलाई रोजगारीको प्रलोभन देखाई तिब्बत पुर्‍याई जबरजस्ती यौनकर्ममा लागउन दलालहरुले बेचबिखन गर्ने गरेको खुलेको पनि आयोगको प्रतिवेदनमा उल्लेख छ।

जोखिममा रसुवा
राष्ट्रिय मानव अधिकार आयोग र जिल्ला सरकारी वकिलको कार्यालय रसुवाबाट प्राप्त जानकारीअनुसार चीनसँग सिमाना जोडिएको रसुवाबाट ठूलो संख्यामा महिलाहरुलाई मानव तस्करहरुले चीन पुर्‍याउने गरेको पाइएको छ।

केरुङ नाका हुँदै रोजगारीको प्रलोभनमा परेर नेपाली युवायुवतीहरु चीन जाने भएकाले रसुवा जिल्ला जोखिमयुक्त रहेको पाइएको छ। महिलाहरु बेचबिखनमा परे पनि उनीहरुले आफू बेचबिखनमा परेको भन्दै उजुरी नगर्ने भएकाले जिल्लामा यस्ता खालका उजुरीहरु भेटिँदैनन्।

आयोगका अनुसार २०१८ मा केरुङ नाका हुँदै चीन लैजान लागिएका २९ जना महिलाहरु उद्धार गरिएको थियो। २०७२ सालको विनाशकारी भूकम्पका कारण तातोपानी नाका बन्द भएसँगै बेचबिखनका घटनासमेत बढ्दै गएको अनुमान आयोगले गरेको छ। 

६० लाख यौनकर्मी कार्यरत
ग्लोबल स्लेभरी इन्डेक्स (२०१८) का अनुसारमा चीनमा करिब ३८ लाख मानिसहरु आधुनिक दासताको शिकार भएको बताइएको छ।

यौन व्यवसायको सन्दर्भमा विश्व स्वास्थ्य संगठन (सन् २०१०) तथा संयुक्त राष्ट्र संघको सन् २०१३ को अध्ययनअनुसार चीनमा करिब ४० देखि ६० लाख यौनकर्मीहरु कार्यरत रहेको अनुमान गरिन्छ।

चीनियाँ कम्युनिस्ट पार्टीको प्रतिवेदनलाई उद्धृत गर्दै फाउन्डेशन स्केलेस (२०१४) ले चीनमा करिब ३० देखि ४० लाख यौनकर्मीहरु रहेको देखाउँछ।

वाक फ्रि फाउन्डेसन (२०१८) का अनुसार चीनका यौन व्यवसायहरुमा छिमेकी राष्ट्रका महिलाहरुको ठूलो उपस्थिति रहेको छ। उनीहरु मानव बेचबिखनको शिकार भएका हुनसक्ने आशंका गरिएको छ।

नेपालबाट पनि चीनमा यौन शोषण तथा जबर्जस्ती विवाहका लागि सीमा क्षेत्रका महिलाहरुलाई लैजाने गरिएको घटनाहरु आइरहेका छन्।

चीनमा महिलाको संख्या घटेसँगै लगिँदै नेपाली महिला
चीनको 'एक सन्तान नीति'ले गर्दा त्यहाँ स्थानीय स्तरमा महिलाको जनसंख्या घटेपछि मनोरञ्जन तथा घरेलु श्रम क्षेत्रमा कामका लागि आवश्यक श्रमिक महिलाको संख्या छिमेकी देशबाट पूर्ति हुँदै आएको छ। 

आफ्नै घर-परिवारबाट बेचिएर नेपाल-चीन सीमा क्षेत्रको वरिपरी रात्रीकालीन व्यवसायका लागि नेपाली युवतीहरुलाई पुर्‍याइने गरेको पाइएको छ।

धेरैजसो नेपाली महिलाहरुलाई नेपाली दलालहरूले झुक्याएर तथा फकाएर विवाह गरी चीन पुर्‍याउने र जोखिमपूर्ण श्रममा लगाउने गरेको पाइएको छ।

बेइजिङस्थित नेपाली दूतावासले उपलब्ध गराएको जानकारी अनुसार चीनका विभिन्न सहरहरुमा आकर्षक रोजगारीका अवसरको प्रलोभन देखाई लैजाने र गैरकानुनी काममा लगाउने तथा अलपत्र पार्ने गरिएको छ।

नेपाली दूतावासका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा मात्र चीनबाट २६ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।

मानव अधिकार आयोगको प्रतिवेदन अनुसार गत आवमा त्रिभुवन विमानस्थल अध्यागमनबाट शंकास्पद रुपमा भिजिट भिषामा चीन जान लागेका ३ जना महिलाहरुलाई फर्काइएको छ।

नेपालबाट चीनतर्फ कामका लागि मानिसहरु आवागमन हुने अभ्यास सामान्य रहेको सरकारी अधिकारीहरुले आयोगको अनुगमन टोलीलाई बताएका थिए। आयोगको अनुगमनबाट प्राप्त जानकारीअनुसार रसुवागढीमा भएको अध्यागमन कार्यालयले उनीहरुलाई चीन जान १ देखि ३ महिनासम्मको आवागमन पुर्जी दिने गर्दछन्।

रोजगारीको प्रलोभनमा धेरै नेपाली महिलाहरु बेचबिखनमा पर्ने गरेका राष्ट्रिय मानव अधिकार आयोगकी अनुसन्धानकर्ता यशोदा बन्जाडे बताउँछिन्। त्यस्तै, विभिन्न कारणले उनीहरुको मानव अधिकार हनन् समेत हुने गरेको छ।

‘हामीले यस्ता समस्यामा परेका महिलाहरुसँग भेटेर कुरा गरेका छौँ, उनीहरु अझै पनि आफ्ना कुराहरु खुलस्त रुपमा राख्न सक्दैनन्,' अनुसन्धानकर्ता समेत रहेकी बन्जाडेले भनिन्। बेरोजगारीको चपेटामा परेका र कामको खोजीमा भौँतारिरहेका महिलाहरु बेचबिखनको जोखिममा पर्ने गरेको उनको भनाइ छ।

रोजगारीका नाममा जबरजस्ती यौन शोषणमा लगाइने तथा मानव अधिकार हनन् हुने क्रम बढ्दै गइरहेकाले सरकारले यस समस्याप्रति विशेष ध्यान दिनुपर्ने उनले औंल्याइन्।

महिलालाई प्रलोभन देखाई चीन पुर्‍याउन म्यानपावर नै उद्दत
पछिल्लो समय म्यानपावर कम्पनीहरुले पनि नेपाली कामदारहरुलाई रोजगारीका लागि चीन पठाउने प्रलोभन देखाई अलपत्र पार्ने गरको खुलेको छ।

गत साउनमा चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिसङ गार्मेन्ट कम्पनीमा २ वर्ष करार अवधिको श्रम स्विकृति लिएर पुगेका ४४ जना नेपाली महिला कामदारलाई डेढ महिनामै कम्पनीले फिर्ता पठाएको थियो। उनीहरुलाई उक्त गार्मेन्टमा आकर्षक काम र तलबको प्रलोभन देखाई पठाए पनि भनेअनुसार काम र तलब नपाई समस्यामा परेपछि दूतावासले उद्धार गरी नेपाल फर्काएको थियो।

कम्पास म्यानपावरमार्फत श्रम स्विकृति लिएर रोजगारीका लागि चीन पुगेका उनीहरुले वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन्।

यसरी चीनमा अवैधरुपमा बसी विभिन्न अवैधानिक काममा लागेका नेपालीको यकिन संख्या भने दूतावाससँग पनि छैन। (प्रतिकात्मक तस्बिर)

प्रकाशित मिति: मंगलबार, भदौ १७, २०७६  ०७:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ]
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था खारेज सोमबार, वैशाख १४, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
श्वेतपत्र जारी, अर्थमन्त्रीको दाबी- ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार डलर नाघ्छ [पूर्णपाठ] सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर सोमबार, वैशाख १४, २०८३
नेकपाले बनायो ११ सदस्यीय संविधान संशोधन मस्यौदा कार्यदल सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
सुकुम्बासी बस्ती भत्काउने निर्णयमा छलफलका लागि सर्वोच्चले सरकारलाई बोलायो सोमबार, वैशाख १४, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्