काठमाडौं- नेपाल राष्ट्र बैंकले ८ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।
बैंकले सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो।
बैंकले बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमध्ये ३ अर्ब १३ करोड रुपैयाँ ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको जनाएको छ। उक्त परिमाणको ट्रेजरी बिल आगामी मङ्सिर १७ गते परिपक्व हुनेछ।
यस्तै ५ अर्ब ५२ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल भने १ सय ८२ दिनमा परिपक्व हुनेछ।
यसअघि बैंकले यही भदौ ९ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।