स्याङ्जा- भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री भुमि पद्माकुमारी अर्यालले विकासका बाधकलाई सरकारले निस्तेज पार्ने बताएकी छन्। गुण्डागर्दी गर्दै हिड्ने विकासका बाधकलाई हटाईने र काम नगर्ने ठेकेदारका दिन समाप्त भएको मन्त्री अर्यालले ठोकुवा गरिन्।
'सम्झौता गरेर काम नगर्ने, हौल्ड गर्ने, समयमै नसक्ने ठेकेदार कालो सुचीमा पर्छन् सरकारले सार्वजानिक खरिद ऐन संसोधन गर्दै नयाँ गति र नितिका साथ अगाडि बढेको छ', मन्त्री अर्यालले भनिन्।
अर्को प्रसंगमा बोल्दै मन्त्री अर्यालले सानो त्यान्द्रो समातेर सत्ता परिवर्तन गर्छु भन्ने दिवा सपना नदेख्न आग्रह गरिन्। पछिल्ला समय सामाजिक संजालमा भएका टिकाटिप्पणीतर्फ संकेत गर्दै हरेकको मूल्याङ्कन जनताले गर्ने उल्लेख गरेकी छन्।
उपकार बचत तथा ऋण सहकारी संस्था वालिङले स्याङ्जाको वालिङमा आयोजना गरेको चौथो खुल्ला तिज गित प्रतियोगिताको चापाकोट ८ दामाचौरमा सम्बोधन गर्दै मन्त्री अयालले सरकार जनताको सकरात्मक सुझाव र सल्लाहकै आधारमा अगाडि बढ्ने भन्दै हल्लाको पछि नलाग्न आग्रह गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।