• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

जोखिममा नेपालको बैंकिङ प्रणाली, ‘स्विफ्ट ह्याक’सँगै ‘एटिएम ह्याक’को चुनौती

64x64
नेपाल लाइभ आइतबार, भदौ १५, २०७६  २१:५३
1140x725

काठमाडौं- प्रविधिको विकाससँगै वित्तीय क्षेत्रमा चुनौती पनि बढ्दै गइरहेका छन्। बैंक तथा वित्तीय  क्षेत्रमा हुने साइबर डकैती पनि त्यस्तै चुनौतीमध्येको एक हो। अविकसित र विकासशील देश मात्र नभई विकसित देशमा पनि साइबर डकैतीका घटना सार्वजनिक हुँदै आएका छन्। 

बैंकिङ प्रणाली ह्याक गरेर नक्कली एटिएमबाट बैंक डकैती गरिरहेको अवस्थामा आइतबार नेपाल प्रहरीले ५ जना चिनियाँ नागरिकलाई पक्राउ गर्‍यो। केही समयअघिसम्म बैंकहरूको स्विफ्ट सर्भर ह्याक गरेर एक ठाउँबाट अर्को ठाउँ वा एक मुलुकबाट अर्को मुलकमा पैसा पठाएर डकैती गरिन्थ्यो। विश्वभर नै बैंक वित्तीय क्षेत्रमा हुने धेरैजसो साइबर डकैती यही प्रकृतिका हुन्थे। सन् २०१६ फेब्रुअरीमा बंगलादेशको बंगलादेश बैंक र २०१८ अगस्ट १३ मा भारतको कसमस बैंकमा भएका साइबर डकैतीका घटना स्विफ्ट कोड ह्याक गरी भएका डकैतीका पछिल्ला उदाहरण हुन्। 

नेपाल पनि साइबर डकैती गर्ने समूहको निसानामा पर्दै आएको छ। केही समयअघि मात्रै एनआइसी एसिया बैंकको स्विफ्ट कोड ह्याक गरी ह्याकरले करिब ४ करोड रुपैयाँ चीन, जापान, अमेरिका, बेलायत र सिंगापुर पुर्‍याएका थिए। 

तर पहिल्लो घटनाक्रमले एटिएमका माध्यमबाट हुन सक्ने साइबर डकैतीका विषयलाई पनि नेपालको सन्दर्भमा उजागर गरिदिएको छ। नेपालका बैंकहरुले प्रयोग गर्दै आएको कोर बैंकिङ सिस्टम (सिबिएस), इलोक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) तथा एटिएमका माध्यमबाट हुने अन्तर-बैंक कारोबारमा प्रयोग हुने भिजा प्रणालीमा ह्याकरहरूले कसरी खेल्न सक्छन् र साइबर डकैती गर्न सक्छन् भन्ने कुरा नेपालका बैंक वित्तीय क्षेत्रमा पछिल्लो चुनौतीका रूपमा देखिएको छ। 

नेपालका बैंक तथा वित्तीय संस्थाले जारी गरेका भिजा कार्ड भारत र भुटानमा चल्छन्। तर भिजा कार्डसम्बन्धी सेवा दिने कम्पनी भिजाको कार्यालय नेपालमा छैन। छिमेकी मुलुक भारतमा रहेको कार्यालयले नै नेपालको पनि काम हेर्ने गरेको छ। 

प्रविधिलाई कम आंकलन गर्दाको नियति
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री नेपालको बैंक वित्त क्षेत्रले साइबर चुनौतीलाई कम आँकलन गरेका कारण यस्ता गतिविधि दोहोरिने गरेको बताउँछन्। 

‘पहिला पूर्वी युरोपका मुलुकबाट यस्ता गतिविधि संचालन हुने गरेका थिए। अहिले चिनियाँहरुबाट पनि चुनौती देखियो,' क्षेत्री बताउँछन्, ‘हामी प्रविधिको प्रयोगमा पनि नयाँ र ओरिजिनल प्रविधि प्रयोग गर्न हिच्किचाउँछौं। किनभने त्यो महंगो पनि हुन्छ। काम चलाउनका लागि भइहाल्छ भनेर पुरानै र डुप्लिकेट प्रविधि प्रयोग गरिरहँदा बैंकिङ प्रणाली असुरक्षित भएको हो।’

प्रविधिमा आएको विकासलाई विकसित मुलुकहरूले सोही अनुरुप सुरक्षित बनाउँदै लगेका छन्। तर अल्पविकसित र विकासशील मुलुकहरूका लागि यस्तो प्रविधिको प्रयोग निकै चुनौतीपूर्ण छ। किनभने, प्रविधिको विकासलाई समयसापेक्ष स्तरोन्नति गर्न सकियो भने अथवा नयाँ खालका सफ्टवेयर किनेर प्रयोग गर्न सक्यो भने बैंकिङ प्रणाली थप सुरक्षित हुन्छ। त्यो निकै महंगो पनि हुन्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल राष्ट्र बैंकले सूचना प्रविधि नीति नै बनाएर साइबर सुरक्षाका विषयमा थप संवेदनशील हुन बैंक वित्तीय संस्थाहरुलाई भन्ने गरेपनि उनीहरूले नै चाँसो नदेखाउँदा समस्या भएको पूर्व गभर्नर क्षेत्रीको बुझाइ छ। 

स्विफ्ट कोड ह्याक गरेर हुने डकैतीमा बैंक/वित्तीय संस्थामा ‘इन्ट्रिग्रिटी लेभल’ दुरुस्त राख्न सकेन भने पनि यस्तो समस्या आउने देखिन्छ। बैंकिङ प्रणालीमार्फत् स्थानीयस्तरको कारोबार र अन्तर्राष्ट्रिय रुपमा कारोबारका लागि दुईवटा प्रणाली प्रयोगमा छन्। अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुने स्विफ्ट ह्याकिङमा सेवा दिने ठाउँको र सेवा लिने ठाउँको प्रणालीलाई ह्याकरले निसानामा राख्ने गर्छन्। 

उदाहरणका लागि छिमेकी मुलुक बंगलादेशमा त्यहाँको बंगलादेश बैंकको प्रणालीमा भएको ह्याकिङलाई विश्वमै हालसम्मकै ठूलो साइबर डकैती मानिन्छ। करिब ८१ मिलियन अमेरिकी डलर बराबर चोरी भएको उक्त साइबर डकैती प्रकरणमा बंगलादेश बैंकले आफ्नो स्विफ्टबाट पैसा पठाएपनि ह्याकरहरूले सेवा लिने ठाँउमा नपुगी अन्तै रकम पठाएका थिए। 

स्विफ्ट सेवा प्रदायक पनि आफुहरू के कुरामा विस्वश्त छैनन् भने उनीहरूको प्रणालीमा ह्याक भएको नभई अथवा यो सिस्टमको समस्या नभएर कर्मचारीहरूको बदमासी हुनसक्ने ठान्छन्। किनकि स्विफ्ट प्रणालीमा एक प्रकारको कोड प्रयोग हुन्छ। उक्त कोडलाई बैंकका कर्मचारीले ह्यान्डल गर्छन्। बैंकले विश्वास गरेको कर्मचारीले कथम् कदाचित यताउति गरिदियो र गलत प्रयोग गर्‍यो भने यस्ता समस्या निम्तिएका देखिन्छन्। 

Xtrem

Xtrem

उदाहरणका लागि बैंककै कर्मचारीले विदेशमा रहेका कुनै व्यक्तिलाई स्विफ्ट कोड उपलब्ध गराउने हो भने त प्रविधिमा दक्ष मानिसहरूले सजिलै ह्याक गर्न सक्छन्। त्यसमा कोड उपलब्ध गराउने व्यक्तिको संलग्नता पुष्टि गर्न गाह्रो हुन्छ। किनकि उसले आफैंले र नेपालमै बसेर गरेको हुँदैन। यसमा कर्मचारीको विश्वसनीयतामा प्रश्न रहन्छ। 

एटिएममार्फत् हुने डकैतीमा भने मुख्यतया बैंकको आन्तरिक प्रणाली सिबिएस, उसले प्रयोग गर्ने नेप्सलगायत मुलुकभित्रकै सर्भर र भिजा जस्ता अन्तरराष्ट्रिय सर्भर प्रयोग गरिन्छ। यी विभिन्न किसिमका सर्भरबीच हुने सूचना आदानप्रदान प्रक्रियामा नै ह्याकरले अवरोध गर्छन्। 

नेपाल बैकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगाना भने नेपालका बैंक तथा वित्तीय क्षेत्रले प्रयोग गरिरहेको बैंकिङ प्रणालीलाई नराम्रो भन्न नमिल्ले बताउँछन्। ‘नेपालमा प्रयोग भइरहेका बैकिङ सफ्टवेयर उच्च प्रविधिका छैनन्। जसका कारण सुरक्षा चुनौती केही त पक्कै छन। तर यसलाई काम नै नलाग्ने र गए गुज्रेको भन्न मिल्दैन,' ढुंगाना भन्छन्। 

यस्ता समस्या आउन नदिन नेपालका बैंक/वित्तीय संस्थाले इन्टरनेसनल सेयरिङको माध्यमबाट पनि काम गर्न सक्छन्। तर यस विषयमा राष्ट्र बैंकले चाँसो देखाएको छैन भने बैंक तथा वित्तीय संस्था आफैं अग्रसर भएर यो काम अगाडि बढाउन सकेका छैनन्। 

इन्टरनेसनल सेयरिङको माध्यामबाट काम गर्दा कुनै बैंक तथा वित्तीय संस्थाको प्रणालीमा केही समस्या देखियो भने त्यसलाई अन्य संस्थासँग पनि जानकारी गराएर समस्या आउन नदिन सकिन्छ। यो नितान्त स्विफ्ट ह्याकसँग सम्बन्धित समस्याको निराकरणका लागि मात्रै हो। तर, अहिले देखिएको भिसाकार्ड, मास्टर कार्डहरूको प्रयोगबाट हुने डकैतीलाई भने अझैपनि विश्वभर चुनौतीका रूपमा हेरिएको छ। यस्ता घटना हुन नदिन बैंक वित्तीय संस्था आफैं सचेत हुनुपर्ने ढुंगानाको भनाइ छ। ‘आउने दिनमा पनि यस्तो अब हुँदैन भनेर कसैले पनि भन्न सक्दैन। किनभने जति हामीले प्रणालीलाई बलियो बनाउँदै जान्छौँ, ह्याकरहरुले सोही अनुसारको काम गर्दै जान्छन्। त्योबाट हामी नै सतर्क हुने हो। हामी मात्र होइन, संसारका अन्य मुलुकमा पनि यो चुनौती छ,’ उनले भने। 

शनिबार भएको एटिएम डकैतीका विषयमा भने अध्यक्ष ढुंगानाले अनुसन्धान भइरहेको र समस्याको वास्तविकता बुझ्न अझै केही समय लाग्ने बताए। ढुंगानाले सिबिएस र नेप्स प्रणालीमा नभई भिजा प्रणालीमा ह्याक गरेर डकैती गर्न खोजिएको हुन सक्ने बताए। 

भिजा सर्भर प्रणालीमै ह्याक गरेर वा भिजा प्रणालीसँग नेप्सलगायत यहाँका सर्भरले गर्ने सूचना आदानप्रदानमा ह्याकरहरूले तलमाथि गरेको भन्ने ढुंगानाको भनाइमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बमबहादुर मिश्र पनि सहमत छन्। मिश्रका अनुसार भिजा प्रणालीको विवरण र नेप्सलगायत यहाँको सर्भरहरूको विवरण दाँजेपछि के भएको हो भन्ने वास्तविकता बाहिर आउने छ। 

‘राष्ट्र बैंकले कुन प्रणाली ह्याक गरेर एटिएममार्फत् पैसा झिकियो भनेर विस्तृत अध्ययन गरिरहेको छ। सिबिएस, नेप्स र भिजाबाट भएका कारोबारसम्बन्धी विवरण दाँजेपछि वास्तविकता थाहा हुन्छ। हाम्रो अनुमान भिजामै ह्याक गरेको भन्ने छ,‘ मिश्र भन्छन्।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०७६  २१:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस्
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
इन्जिनियर सांसदलाई प्रधानमन्त्री शाहले भने– घटना होइन, समाधानका आइडिया दिनुस् बुधबार, असोज १४, २०८३
कांग्रेसले बहिष्कार गरेपछि वीरगन्जको विशेष नगरसभा प्रभावित, उपमेयरसहित जनप्रतिनिधि अनुपस्थित बुधबार, असोज १४, २०८३
मंगल ग्रहमा प्राचीन जीवनको सम्भावित संकेत भेटिएको वैज्ञानिकको दाबी बुधबार, असोज १४, २०८३
सात उपसचिव बढुवाका लागि सिफारिस (सूची) बुधबार, असोज १४, २०८३
रास्वपा केन्द्रीय समिति बैठक १७ असोजमा, एजेन्डा खुलाइएन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्