राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुकुम्बासी बस्ती हटाउन सरकारले चालेकाे कदमप्रति समर्थन जनाएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहीले वास्तविक सुकुम्बासीलाई छुट्याएर व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य रहेको बताएका हुन् ।
सुकुम्बासीको नाममा हुने दुरुपयोग रोक्दै सबैलाई कानुनको दायरामा ल्याउनु सकारात्मक कदम भएकाे उनले बताए ।
'वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य छ । नक्कलीका नाममा हुने दुरुपयोग रोक्नु र कानुनको दायरामा ल्याउनु सकारात्मक कदम हो । यस्तो बेला सरकारलाई रचनात्मक साथ दिनु हाम्रो जिम्मेवारी हो—प्रतिपक्ष विरोधी मात्र होइन सहयात्री पनि हो,' उनले लेखेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।