काठमाडौं- माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अधिकांश राजनीतिक दलका नेताले कूटनीतिक आचारसंहिता उल्लंघन गरेको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता श्रेष्ठले राजनीतिक दलका नेताहरुको आचरणले देशको स्वभिमान गिराएको दाबी गर्दै कूटनीतिक आचारसंहिता उल्लंघनमा दलका नेताहरु प्रतिबद्ध देखिएको बताए।
भारतीय विदेशमन्त्री सुष्मा स्वराजको दुईदिने नेपाल भ्रमणको क्रममा दलका नेताहरुले कूटनीतिक मर्यादा उल्लंघन गरेको भन्दै नेता श्रेष्ठले चर्को आलोचना गर्दै आएका छन्। ठूला छिमेकीहरु उपनिवेश बन्दासमेत पुर्खाहरुले स्वतन्त्र बनाइराखेको मुलुकको स्वाभिमानलाई नेताहरुले गिराउँदै गरेको नेता श्रेष्ठको आरोप छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।