बुटवल- नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ५ ले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको जनाउँदै केही नेता- कार्यकर्तालाई कारबाहीको सिफारिस गरेको छ।
पार्टीका क्षेत्रीय सभापति बसीउल्लाह मुसलवानको अध्यक्षतामा बसेको शुक्रबारको बैठकले जिल्ला समिति र केन्द्रीय समितिसमक्ष कारबाहीको सिफारिस गरेको हो। बैठकमा प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य भरतकुमार शाह, प्रदेशसभा सदस्य फकुरउद्दीन खाँ, प्रदेशसभा सदस्यका उम्मेदवार विष्णु पोखरेल, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, वडा सभापति, बुथ सभापतिसहित सहभागी थिए।
कारबाही सिफारिस गरिएकाहरु
पूर्व जिल्ला सदस्य डिल्लीराज ज्ञवाली
महासमिति सदस्य अमेरिका कहार
पूर्व महाधिवेशन प्रतिनिधि कृष्णबहादुर चुनारा
पूर्व जिल्ला सदस्य सम्राट्चन्द्र चुनारा
सैनामैना – ८ का उम्मेदवार रघुनाथ घिमिरे
क्रियाशील सदस्य शेखर श्रेष्ठ
लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ११ का सभापति शेषमन दुवे
वडा नं ३ का सभापति सायल मुसलवान
४ का सभापति रमाशंकर मिश्रा
नेपाल तरुण दल जिल्ला सदस्य प्रदेशी यादव
क्षेत्रीय सदस्य लयसमहमदनाउ मुसलवान
क्रियाशील सदस्य रविशंकर त्रिपाठी
क्रियाशील सदस्य राकेश तिवारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।