• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मुख्यमन्त्री र मन्त्रिपरिषद्को कार्यालय स्थापना 

64x64
नेपाल लाइभ शनिबार, माघ २०, २०७४  ०२:३७
1140x725


बुटवल- प्रदेशको अस्थायी केन्द्र तोकिएपछि रूपन्देहीमा प्रदेशका विभिन्न कार्यालय स्थापना हुने भवनको करिब टुंगो लागेका छन् । 
प्रदेश नं ५ मा सात मन्त्रालयका लागि भवन व्यवस्थापन करिब टुंगिएर आज मात्र प्रदेश नं ५ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना भएको छ । जिल्लामा रहेका सरकारी भवनमध्येकै अत्याधुनिक छतले श्रम कार्यालयको भवनमा चार मन्त्रालय स्थापना गरिएका छन् । उक्त भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापना गरिएको छ । उक्त भवनकोे चौथो र पाँचाँै तलामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बस्ने प्रमुख सचिव शंकर पाठकले जानकारी दिए । मुख्यमन्त्रीको कार्यालयमा प्रमुख सचिव, दुई सहसचिवसहित २१ कर्मचारी हुनेछन् । 

त्यस्तै मुख्यमन्त्रीको निवास राजश्व अनुसन्धानको भवन बुटवलमा व्यवस्थापन गरिएको प्रमुख सचिव पाठकले जानकारी दिए । मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानून, आर्थिक मामिला तथा योजना र उद्योग, पर्यटन तथा वन मन्त्रालय रहनेछन् । यस्तै सामाजिक विकास मन्त्रालय सीप विकास तालीम केन्द्रको भवन रामनगरमा तथा भौतिक पूर्वाधार मन्त्रालय यातायात व्यवस्था कार्यालयको भवनमा राख्ने तयारी छ । 

कृषि तथा सहकारी मन्त्रालय भूमिगत जलस्रोत कार्यालय हाटबजारमा रहनेछ । मन्त्रालय व्यवस्थापनका लागि केही सचिवसमेत बुटवल आइसकेका छन् । रूपन्देही व्यापार संघको भवनमा प्रदेश प्रमुखको कार्यालय स्थापना गरिएको छ । हालसम्म निवासको व्यवस्थापन नहुँदा प्रदेश प्रमुख उमाकान्त झा र सचिव सनतकुमार दुवाडी सडक डिभिजन अतिथिगृहमा बस्दै आएका छन्। 

सभामुख र छ मन्त्रीसहित केही कर्मचारीका लागि भैरहवास्थित भैलभुजको कार्यालयमा आवासको व्यवस्थापन गरिनेछ । प्रदेशको अस्थायी केन्द्र तोकिएपछि प्रदेशसभाका सदस्यलाई शपथ गराइएको बुटवल उद्योग वाणिज्य संघको सचिवालयलाई संसद् सचिवालयका रुपमा स्थापना गरी त्यहाँ रहेको सभागृहलाई प्रदेशसभा भवनका रुपमा अहिले धमाधम तयारी थालिएको छ । 

बैठकका लागि तोकिएको उक्त भवनलाई विभिन्न खण्डमा विभाजन गरिएको छ । त्यहाँ आवश्यक कुर्सी, टेबललगायत फर्निचर ल्याइएको छ । यस्तै उद्योग वाणिज्य संघको सचिवालय भवनमा प्रदेशसभा सचिवालय स्थापना गरिएको छ । उक्त भवनको पहिलो तलामा सभामुख, उपसभामुख, प्रमुख सचिव र कर्मचारी कक्ष रहनेछन् । सभामुख र प्रमुख सचिवको कक्ष व्यवस्थापनको काम सकिएको छ । 

बैठकको कार्य्विधि तय 

प्रदेशको पहिलो बैठकको कार्य्विधि आज सर्वदलीय बैठक बसेर तय गरिएको छ । कार्यव्यवस्था परामर्श समिति गठन भइनसकेकाले राष्ट्रिय पार्टीका स्थानीय नेतृत्वको सर्वदलीय बैठकले पहिलो बैठकका कार्यसूची तय गरेको प्रदेशका ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेलले जानकारी दिनुभयो । 

उहाँका अनुसार बैठकको प्रारम्भमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र पढेर सुनाइने कार्यसूची रहेको छ । यस्तै सभामुखको निर्वाचनका लागि यही माघ २७ गते उम्मेदवारी दर्ता र माघ २८ गते निर्वाचनको मिति तोक्नेसमेत कार्यसूची रहेको उहाँले जानकारी दिनुभयो । यससँगै पहिलो बैठकमा दलीय प्रतिनिधित्वका आधारमा प्रत्येकलाई १० मिनेट मन्तव्य राख्न दिइने जनाइएको छ । 

Ncell 2
Ncell 2
nimb
nimb

१५ मर्यादापालक 

संसद्मा आन्तरिक मर्यादापालकको भूमिकामा नेपाल प्रहरीबाट १५ मर्यादापालक खटिएका छन् । प्रहरी निरीक्षक ओमप्रकाश चौधरीको नेतृत्वमा प्रहरीहरु मर्यादापालकका रुपमा खटिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम ज्ञवालीले बताउनुभयो । उनीहरुलाई संघीय संसद्बाट आएको सहजीकरण टोलीले मर्यादापालकसम्बन्धी सहजीकरण गरेको छ । 
मर्यादापालकका लागि पुरुषलाई सेतो दौरासुरुवाल, कालोकोट र टोपी तथा महिलाका लागि साडी, चोलो र कालो कोटको पोशाक तय गरिएको बताइएको छ । संसद् अधिवेशनको सुरक्षाका लागि बाहिर करिब १५० प्रहरी खट्ने भएका छन् । सभाकक्षभित्र मर्यादापालक र बाहिरपट्टिको सुरक्षा जाँचमा प्रहरी नै रहनेछन् ।

पार्टी एकीकरणबारे यस्तो छ ईश्वर पोखरेलेको धारणा 

पोखरा  नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमाले र नेकपा(माओवादी केन्द्र)बीच सिद्धान्त र विचारका आधारमा एकीकरण हुन लागेको बताएका छन्। 
नेपाल राष्ट्रिय वाणिज्य संघले  आयोजना गरेको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले एकीकरण सुव्यवस्थित बनाउँदै लैजानका लागि विचार र संगठनको व्यवस्थापन गर्न छुट्टाछुट्टै कार्यदल बनाएर अघि बढ्ने बताए । अब बन्ने सरकारले प्राथमिकताका आधारमा के के गर्ने भन्ने सम्बन्धमा पनि कार्यदलमार्फत योजना बनाइने तयारी भएको बताउदै उनले सरकार गठन र एकीकरणका प्रक्रिया सँगसँगै बढ्दै जाने जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सो अवसरमा एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले दक्ष जनशक्ति स्वदेशमा नै तयार गरी उनीहरूको उपयोग गरिनुपर्ने उल्लेख गरे। एमाले प्रदेश नं ४ का संयोजक किरण गुरुङले प्राकृतिक, सांस्कृतिक रुपमा समृद्ध प्रदेश नं ४ मा विकासका पर्याप्त सम्भावना रहेको बताए। 

वाणिज्य संघका अध्यक्ष धनराज आचार्यले कर तिर्ने व्यवसायीको योगदानको उचित कदर हुनुपर्नेमा जोड दिए । पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले व्यवसायीले बाहिरबाट ल्याएको सामान बेच्ने मात्र नभै मुलुकभित्रै उत्पादन गरी बेच्न सक्ने गरी तयारी गर्नुपर्ने औँल्याए। 

कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य एवम् राष्ट्रिय व्यवसायी महासंघका इञ्चार्ज मुकुन्द न्यौपाने, संघका कास्की अध्यक्ष सञ्जीवबहादुर कोइरालालगायतले आर्थिक विकासमा योगदान गर्ने व्यवसायी राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए । सो अवसरमा वाणिज्य संघमा आबद्ध भई स्थानीय, प्रदेश एवम् संघमा नवनिर्वा्चित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो । दुईदिने महाधिवेशनमा देशका ६८ जिल्लाका ४०० प्रतिनिधिको सहभागिता छ ।
 

प्रकाशित मिति: शनिबार, माघ २०, २०७४  ०२:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ
सम्बन्धित सामग्री
प्रदेश सरकारद्वारा वैकल्पिक ऊर्जासँग सहकार्य गरेर सिँचाइ , विद्युतीकरणमा लगानी गर्दै मुख्यमन्त्री मंगलबहादुर शाही र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालसहितका पदाधिकारीबीच भएको छलफलमा सौर्... बिहीबार, कात्तिक ५, २०८३
राष्ट्रपतिले पुराेहितकाे हातवाट लगाए टीका बुधबार, कात्तिक ४, २०८३
भ्रष्टाचार र कुशासन हटाउन विजयादशमीले प्रेरणा देओस् : प्रधानमन्त्री शाह विजयादशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले हरेक नागरिकले ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गर्ने वातावरण बनाउ... बुधबार, कात्तिक ४, २०८३
ताजा समाचारसबै
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित बिहीबार, कात्तिक ५, २०८३
ब्रह्मापुरी गाउँपालिका अध्यक्ष रामपदारथ साहको निधन बिहीबार, कात्तिक ५, २०८३
जेन–जी आन्दोलनमा फरार भएका चन्द्र दमाई एक वर्षपछि पक्राउ बिहीबार, कात्तिक ५, २०८३
फ्रान्सको जेन–जी आन्दोलनमा ‘बिस्मिल्लाह, से ले तेनैब्रे’ नारा भाइरल, प्रहरीलाई व्यङ्ग्य गर्न प्रयोग बिहीबार, कात्तिक ५, २०८३
सल्यानमा स्क्रब टाइफसबाट मृत्यु हुनेको संख्या १० पुग्यो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्