• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

३६ पुरानै स्वास्थ्य संस्थालाई मान्यता दिने मलेसियाको अडान, श्रम मन्त्रालय भन्छ- नयाँ थप्न पहल गर्दैछौं

64x64
नेपाल लाइभ शनिबार, भदौ १४, २०७६  ११:२५
1140x725

काठमाडौं- मलेसियाको रोजगारी बन्द भएको १५ महिना भइसक्यो। यसबीच मलेसिया सरकार र नेपाल सरकारबीच 'दोहोरी' चलिरहे पनि रोजगारी कहिले खुल्ने टुंगो छैन।

एकातिर मलेसियाली सरकारले मलेसिया रोजगारीमा पुरानै भेन्डर र प्रक्रियालाई कायम गर्न पटकपटक पत्राचार गरिरहेको छ भने अर्कातिर श्रम मन्त्रालयले ‘हामी नयाँ प्रक्रियामार्फत मलेसिया रोजगारी खुलाउन पहल गरिरहेका छौं’ भन्न छाडेको छैन। 

यसैबीच काठमाडौंस्थित मलेसियाली दूतावासले परराष्ट्र मन्त्रालयलाई मंगलबार पत्राचार गर्दै मलेसियाबाट नेपाली कादार लैजान पुरानै भेन्डर र प्रक्रियालाई निरन्तरता दिई ३६ वटा मेडिकल संस्थाहरुलाई मात्रै मान्यता दिन सकिने उल्लेख गरेको छ। 

मलेसियाको बायोमेडिकल प्रणाली मलेसिया सरकारको प्रक्रिया भएकाले तत्काल ३६ वटा स्वास्थ्य संस्थालाई मात्रै मान्यता दिन सकिने मलेसिया सरकारले उल्लेख गरेको हो। 

मलेसियाली दूतावासले परराष्ट्र मन्त्रालयलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ, ‘मलेसियाले नेपाली कामदारको स्वास्थ्य परीक्षण गर्न ३७ वटा स्वास्थ्य संस्थालाई मान्यता दिँदै आएको छ, ३७ वटा मेडिकलहरू मलेसियामा कार्यरत विदेशी कामदारहरूको स्वास्थ परीक्षणका लागि बायोमेडिकल सिस्टम (बिएमएस) सँग आबद्ध छन्। मलेसियाले यो प्रणाली २०१५ जनवरीदेखि लागू गरेको हो।’ 

स्रोत मुलुकबाट कामदार आपूर्ति गर्दा मलेसिया सरकारबाट मान्यता प्राप्त बेस्टिनेट एसिडिएन बिएचडीले कम्पनीले मान्यता दिएका स्वास्थ्य संस्थाहरूबाटमात्र श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्दै आएको छ। दूतावासले पत्रमार्फत अवगत गराउँदै सोही कम्पनीले मान्यता दिएका ३६ वटा स्वास्थ्य संस्था नेपाल सरकारले छनोट गरी पठाएका स्वास्थ्य संस्थाको सूचीमा रहेको उल्लेख गरेको छ।

यसकारण मलेसिया सरकारबाट मान्यता प्राप्त बेस्टिनेट कम्पनीमार्फत छनोट भई नेपाल सरकारको स्वास्थ्य मन्त्रालय तथा श्रम मन्त्रालयबाट समेत स्वीकृत भएका ३६ वटा स्वास्थ्य संस्थालाई मात्रै तत्काल मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न मान्यता दिइनेछ।

Ncell 2
Ncell 2
nimb
nimb

श्रम समझदारीपछि कामदार पठाउने प्रक्रियामा भएको ढिलाइलाई मध्यनजर गर्दै मलेसिया सरकारले यो निर्णय गरेको उल्लेख छ। 

यसअघि मलेसिया सरकारले नयाँ स्वास्थ्य संस्था छनोटका लागि मापदण्ड पठाएको र सोही अनुसार नयाँ १ सय २२ वटा नयाँ स्वास्थ्य संस्था छनोट गरिएको मन्त्रालयले जनाएको थियो। छनोट भएका स्वास्थ्य संस्थाको सूचीसमेत मन्त्रालयले मलेसिया सरकारसामु पेस गरिसकेको छ। 

मलेसियाले सूची प्राप्त गरिसकेपछि पनि तत्काल ती स्वास्थ्य संस्थालाई बायोमेडिकल प्रणालीमा समावेश गर्न नसकिने मलेसियाले पत्रमा उल्लेख गरेको हो। 

नेपाल सरकारले छनोट गरेका १ सय २२ वटा स्वास्थ्य संस्थामा पुरानै ३६ वटा स्वास्थ्य संस्थाहरु समेत समेटिएका थिए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मलेसियाको बायोमेडिकल प्रणाली अनुसार बेस्टिनेट एसिडिएन बिएचडीले मान्यता दिएका ३६ वटा स्वास्थ्य संस्थाहरूलाई मात्रै तत्काल स्वास्थ्य परीक्षणका लागि मान्यता दिन सकिने दूतावासले पठाएको पत्रमा उल्लेख छ। 

मलेसियाको मापदण्ड अनुसार छनोट गरी नेपाल सरकारले पठाएका मेडिकलहरूलाई आवश्यक परेमा थप छलफल गरी कालान्तरमा थप गर्न सकिने पत्रमा लेखिएको छ। 

मलेसिया सरकारले २०७२ असार २३ गतदेखि मलेसिया रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि बायोमेट्रिक प्रणाली अनिवार्य गरेको थियो।

सुरुमा मलेसियन कम्पनी बेस्टिनेट एसिडिएन बिएचडीले नेपालमा ३९ वटा स्वास्थ्य संस्थालाई मान्यता दिएको थियो। पछि ३७ वटा स्वास्थ्य संस्थाले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए। 

आवेगको निर्णयको तितो प्रतिफल 
ती ३७ वटा स्वास्थ्य संस्थामा सिन्डिकेट भएको तथा मलेसिया सरकारले खडा गरेको बायोमेट्रिक प्रणालीमार्फत नेपाली कामदारमाथि अत्याधिक आर्थिक शोषण भएको भन्दै श्रममन्त्री गोकर्ण विष्टले २०७५ जेठ २ मलेसिया रोजगारी बन्द गरे।  

प्रतिकामदार १७ हजारभन्दा बढी आर्थिक भार थोपरेको भन्दै भिएलएन, बायोमेट्रिक, वान स्टप सेन्टर, जिएसजी, माइग्राम लगायत संस्थालाई खारेजीको घोषणा गरी कारबाही प्रक्रिया अगाडि बढाए। तर, भिएलएन लगायत कम्पनीलाई खारेज गर्नुपर्ने कुनै पनि आधार नरहेको देखाउँदै कम्पनी रजिष्ट्रार कार्यालयले अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा पत्राचार गरेपछि खारेजीको प्रक्रिया रोकिएको थियो। 

मन्त्री विष्टकै रोहवरमा गृह मन्त्रालयमार्फत २०७५ जेठ ६ गते मलेसिया जाने कामदारहरूबाट २ अर्ब ८६ करोड रुपैयाँ ठगी गरेको आरोपमा भिएलएन सञ्चालक राम श्रेष्ठलाई पक्राउ गर्ने आदेश दिइयो। पक्राउ परेका श्रेष्ठविरुद्ध अर्बौं ठगीको बिगोदाबी सहित श्रम मन्त्रालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा हाल्यो। अदालतले श्रेष्ठलाई १० लाख धरौटीमा रिहा गर्‍यो। 

रिहा लगत्तै जिल्ला अदालत ललितपुरमा मुद्दा रहेको भन्दै अदालत परिसरबाटै श्रेष्ठलाई प्रहरीले पक्राउ गर्‍यो। आरोपित श्रेष्ठलाई २०७५ मंसिर २६ गते जिल्ला अदालत ललितपुरले पनि सफाइ दियो। ललितपुर अदालतले सुरुमा धरौटीमा छाड्ने आदेश दिएपनि पछि उनलाई सफाइ दिएको थियो। उनलाई काठमाडौं जिल्ला अदालतले पनि मागदाबी नपुगेको भन्दै दोषी ठहर नहुने अन्तरिम आदेश सुनाइसकेको छ। 

मन्त्री विष्टले कसैको इगोकै कारण आवेगमा श्रेष्ठलाई आरोप लगाएको स्वास्थ्य व्यवसायीहरू बताउँछन्। सोही ठगीमा आरोपित बायोमेट्रिक सञ्चालक कैलाश खड्कालाई प्रहरीले पक्राउ गर्न सकेन उनी फरार सूचीमा परे।

त्यसो त सोही अभियोग लागेका जिएसजीका सञ्चालक गोविन्द थपलियालाई भने सरकार आफैंले बचाउ गरेको आरोप लागेको छ। 

प्रहरीको फरार सूचीमा रहेका अभियुक्त गोविन्द थपलिया सोही समयमा प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसँग एक औपचारिक कार्यक्रममा रहेको तस्बिर सार्वजनिक भएपछि उनलाई राजनीतिक बचाउ गरिएको पुष्टि भएको थियो। पछि सरकारले नै यस विषयलाई गुपचुप बनायो। न त गोविन्द थपलियालाई कुनै कारबाही प्रक्रिया अगाडि बढाइयो। 

कुटनीतिक पहल तथा बिना अध्ययन आवेगमा मलेसिया रोजगारी बन्द गर्दा मलेसिया रोजगारी बन्दको घाटा देशले बेहोर्नुपरेको व्यवसायीहरूले तर्क गरेका छन्। मन्त्री विष्टले कुनै व्यक्तिगत इगोका कारण मलेसिया रोजगारी बन्दको घोषणा गर्दा त्यसको प्रतिफल तितो भएको व्यवसायीहरूको भनाइ छ।

स्वास्थ्य संस्था छनोटकै नाममा सरकारले मलेसिया रोजगारी अल्झायो : व्यवसायी  
स्वास्थ्य संस्था छनोट प्रक्रियामा टुंगो लाग्न नसक्दा मलेसिया रोजगारीको टुंगो लाग्न नसकेको वैदेशिक रोजगार व्यवसायीहरूको तर्क छ। 

श्रम स्वीकृतिमा छलफलपछि नयाँ स्वास्थ्य संस्था थप गर्न मिल्ने उल्लेख भएपनि मलेसियाले आफ्नो पुरानै अडान राख्न नछाडेकाले मलेसिया रोजगारी खुल्न नसकेको उनीहरू बताउँछन्। मलेसियाली दूतावासले पहिलो चरणमा ३६ वटालाई मान्यता दिने भन्दै पत्राचार गर्नु नै शंकास्पद  रहेको व्यवसायीको मत छ। 

‘मलेसियाको मनसाय पुरानै ३६ वटा संस्थालाई मात्रै मान्यता दिने हो,’ एक व्यवसायीले भने, ‘नेपाल सरकारले जबर्जस्ती गरे कालान्तरमा एकदुई वटा मेडिकल थप गर्न सक्ला नत्र गाह्रो छ।’

मलेसियाली सरकार र नेपाल सरकारले छिटो भन्दा छिटो मलेसिया रोजगारीको प्रक्रियालाई टुंगोमा पुर्‍याउनु पर्ने वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष रामप्रसाद भान्ताना बताउँछन्। ‘छलफलपछि मापदण्ड पुगेका नयाँ मेडिकल थप गर्न सकिने समझदारीमै उल्लेख भएपछि पनि मेडिकलकै कुरामा हामी म्यानपावर व्यवसायी तथा कामदारहरुलाई अल्झाइ राख्नु गलत हो, मलेसिया रोजगारी छिटो निष्कर्षमा पुर्‍याउनुपर्‍यो,’ उनी भन्छन्, 'कूटनीतिक पहलमा सरकारको कमी कमजोरी भएकै कारण लामो समयदेखि नेपाली कामदार मलेसिया पठाउन नसकिएको हो।'

नयाँ स्वास्थ्य संस्था थप गर्न पहल गर्दैछौं : मन्त्रालय 
श्रम, मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा नारायण रेग्मीले नेपालस्थित मलेसियाली दूतावासले पठाएको पत्र श्रम मन्त्रालयसम्म आइनसकेको बताए। 

‘हामीलाई मलेसिया सरकारले पठाएको मापदण्ड अनुसार १ सय २२ वटा स्वास्थ्य संस्था छनोट गरी सूची पठाइसकेका छौं, भदौ २४ र २५ गते प्राविधिक कमिटीको बैठक छ, त्यसपछि मलेसिया रोजगारीका बारेमा थप टुंगो लाग्छ,’ प्रवक्ता रेग्मीले नेपाल लाइभसँग भने।

मलेसिया र नेपाल सरकारबीच २०७५ कात्तिक १२ गते श्रम समझदारी (एमओयु) मा हस्ताक्षर भइसकेको छ। कामदारको लागत रोजगारदाता कम्पनीले नै बेहोर्ने समझदारी गरी कामदारलाई शून्य लागतमा मलेसिया पठाउने अडान लिएका मन्त्री विष्टले बन्द भएको १५ महिना बितिसक्दा पनि कामदार शून्य लागतमा पठाउने टुंगो लगाउन सकेका छैनन्। 

श्रम समझदारी गरेर शून्य लागतमा कामदार पठाउने भन्दै रोकिराखेका कलिङ भिसा लागेका कामदार पनि लाखौं रकम तिरेर मलेसिया जान बाध्य छन्।

प्रकाशित मिति: शनिबार, भदौ १४, २०७६  ११:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कर्णाली टस जितेर बलिङमा
मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असर : सरकारद्वारा उच्च सतर्कता अपनाउन निर्देशन
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कर्णाली टस जितेर बलिङमा बिहीबार, कात्तिक १२, २०८३
मोइन अलीको नाममा एनपीएलको तेस्रो अर्धशतक बिहीबार, कात्तिक १२, २०८३
चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असर : सरकारद्वारा उच्च सतर्कता अपनाउन निर्देशन बिहीबार, कात्तिक १२, २०८३
राहुलको चार विकेट र मोइनको अर्धशतकमा जनकपुरको शानदार जित बिहीबार, कात्तिक १२, २०८३
कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले सभापतिसँग खाए शपथ बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्