धनगढी– प्रदेश नम्बर ७ को पहिलो संसद् बैठकका लागि कार्यसूची तय भएको छ। प्रदेशसभामा रहेका चार दलका सांसदहरूको शुक्रबार भएको छलफलबाट बैठकको कार्यसूची तय भएको हो। यो प्रदेशको पहिलो बैठक आइतबार बस्दै छ।
प्रदेशसभाको पहिलो अधिवेशन माघ २१ गते दिउँसो १ बजे ज्येष्ठ सदस्य दिव्यश्वरी शाहको अध्यक्षतामा बस्ने प्रदेश नम्बर ७ का संसद् सचिव मुरारी महतले जानकारी दिए।
संसदको पहिलो अधिवेशनको सुरुमा प्रदेश प्रमुख मल्लको प्रदेशसभा बैठक आह्वान सम्बन्धी सूचना ज्येष्ठ सदस्य शाहले पढेर सुनाउने र दोस्रो प्रस्तावमा अधिवेशन सञ्चालन सम्बन्धी अन्तरिम कार्यविधी पास गरिने कार्यक्रम तय भएको छ।
यस्तै, अधिवेशनमा दलका तर्फबाट एक/एक जना सांसदले विशेष समय लिएर बोल्ने कार्यसूची बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।