एजेन्सी– सञ्जय लीला भन्सालीको फिल्म 'पद्मावत'ले प्रदर्शनको पहिलो हप्ता पुग्नु अगावै सय करोड क्लबमा प्रवेश गरेको छ।
बिहीबार रिलिज भएको फिल्मले पहिलो हप्तामा ११४ करोड कमाइ गरेको छ।
भारतीय बक्स अफिसको नयाँ आँकडा अनुसार पद्मावत शाहिद कपुर अभिनित फिल्महरु मध्ये १०० करोड क्लबमा प्रवेश गरेको पहिलो फिल्म बनेको छ।
लामो समयदेखि विवादमा फसेको फिल्म करणी सेनाको अवरोधका बीच २५ जनवरीमा रिलिज भएको थियो। रिलिजको पहिलो दिन फिल्म ४ हजारभन्दा बढी स्क्रिनमा देखाइएको थियो। विरोधकै कारण भारतका केही राज्यमा अझै पनि फिल्म प्रदर्शन हुन सकिरहेको छैन।
फिल्ममा दीपिका पादुकोण, रणवीर सिंह, शाहिद कपुरको मुख्य अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।