काठमाडौं- नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारीलाई संविधान जारी भएपछि तीन वटै तहको सफल निर्वाचन गराएकोमा बधाई दिएकी छन्।
शुक्रबार मध्याह्न शीतल निवासमा भएको भेटमा स्वराजले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण र जनताको उत्साहका साथ सम्पन्न गराएको भन्दै बधाई दिएकी राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका अनुसार, भेटमा दुई पक्षीय हितका विषयमा कुराकानी भएको र दुई छिमेकीका बीच अझ प्रगाढ सम्बन्धका लागि आ–आफ्नो स्थानबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको थियो।
बिहीबार नेपाल आएकी स्वराजले एमाले अध्यक्ष केपी ओली र राजपाका नेताहरुलाई हिजै सोल्टी होटलमा भेटेकी थिइन्। यस्तै, आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटे लगत्तै शीतल निवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेकी हुन्।
विदेशमन्त्री स्वराजसहितको भारतीय टोलीले बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु र कांग्रेस नेतासँग पनि संयुक्त भेटवार्ता गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।