काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमण सही समयमा नभएकोे टिप्पणी गरेका छन्।
आज बिहान ट्विट गर्दै नेता श्रेष्ठले राजनीतिक र कूटनीतिक हिसाबले पनि सामान्य अभ्यासमा रहेको भन्दा फरक समयमा उनको भ्रमण भएको उल्लेख गरेका छन्। स्वराजसँगको भेटघाटका क्रममा विशेष रुपमा राष्ट्रिय मुद्दामा केन्द्रित हुन र मर्यादा पालन गर्न पनि राजनीतिक नेताहरुलाई सचेत गराएका छन्।
श्रेष्ठले ट्विटमा लेखेका छन्, ‘उनलाई हार्दिक स्वागत गरौँ र नेपाल भ्रमणलाई हार्दिक बनाऔं। फेरि पनि भन्छु भेटका क्रममा मर्यादा पालन गरौँ। राष्ट्रिय मुद्दामा मात्रै केन्द्रित रहौँ।’
भारतीय विदेशमन्त्री स्वराज हिजो नेपाल आएकी हुन्। उनले राजनीतिक भेटघाटलाई तीव्र बनाएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।