काठमाडौं– राजनीतिक भेटघाट तीव्र बनाएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराज र संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग केहीबेरअघि भेट भएको छ।
दुईदिने नेपाल भ्रमणमा आएकी स्वराज भेट्नकै लागि यादव सुनसरीबाट गएराति काठमाडौं आएका हुन्। स्वराजसँगको भेटपछि संक्षिप्त प्रतिक्रिया दिँदै यादवले 'हालखबर बुझ्ने काम' भएको बताए।
भेटमा भएका छलफलबारे यादवले खासै बोल्न चाहेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।