काठमाडौं- साहित्यकार मनु ब्राजाकीको निधन भएको छ। मस्तिष्कघातबाट पीडित ब्राजाकीको ७५ वर्षको उमेरमा आज बिहान निधन भएको हो। उनको पाटन अस्पतालमा उपचार भइरहेको थियो।
ब्राजाकीका ‘तिम्री स्वास्नी र म’ तथा ‘अन्नपूर्णाको भोज’ कथासंग्रह चर्चित आख्यान हुन्। पारदर्शी मान्छे, भविष्य यात्रा लगायत आधा दर्जनभन्दा बढी कथा संग्रहका साथै गजल गंगा, के हेरेको ए जिन्दगी लगायत गजलसंग्रह प्रकाशित छन्।
समसामयिक विषयमा पत्रपत्रिकामा लेखरचना लेखिरहने उनी नेपाली गजल लेखनमा पनि सिद्धहस्त थिए।
उनका श्रीमती, एक छोरा र एक छोरी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।