काठमाडौं– दुईदिने नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आज बिहानैदेखि राजनीतिक भेटघाटलाई तीव्र बनाएकी छिन्।
बिहान प्रचण्डसँगको भेटवार्ता सकिनेबित्तिकै स्वराजलाई भेट्न संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव होटल सोल्टी पुगेका छन्। स्वराज बिहीबार नेपाल आएपछि सोही होटलमा बसिरहेको छिन्। उनलाई बिहीबार राति नै ओलीले रात्रिभोज दिएका थिए।
सुनसरीको इनरुवामा भएको कार्यक्रम सकेर यादव स्वराजलाई भेट्नकै लागि राति काठमाडौं आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।