• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

'वाणिज्य बैंक'ले नेपालका मात्र होइन, अन्तर्राष्ट्रिय बैंकसँग पनि प्रतिस्पर्धा गर्नुपर्छ : अर्थमन्त्री खतिवडा

64x64
नेपाल लाइभ बुधबार, भदौ ११, २०७६  १९:५९
1140x725

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंकले नेपाका मात्र नभई अन्तर्राष्ट्रिय बैंकसँग पनि प्रतिस्पर्धा गर्ने बेला आएको बताएका छन्। बुधबार बैंकका १४ शाखाको एकसाथ उद्घाटन गर्दै मन्त्री खतिवडाले बैंकका चुनौती औंल्याउँदै यस्तो बताएका हुन्।

राष्ट्रिय वाणिज्य बैंकका लागि आगामी दिनमा मुख्यतया दुई चुनौती रहेको पनि मन्त्री खतिवडाको भनाई छ। ‘अब नेपालभित्रैका अरु वाणिज्य बैंक मात्र नभई अन्तर्राष्ट्रिय बैंकसँग पनि प्रतिस्पर्धा गर्नु पर्ने अवस्था आएको छ। अर्को कुरा, वित्तीय साक्षारता बढाएर स्वस्थ र प्रतिस्पर्धी बैंकका रुपमा आफ्नो पहिचान बनाई राख्न साना लगानीकर्तालाइ पनि हेरियोस्। तपाईंहरुले बढी नाफा दिन सक्नु भयो भने पूँजीबजार पनि बढ्छ,’ अर्थमन्त्री खतिवडाले भने।

पूर्ण प्रविधिमैत्री बनाएर बैंकको संचालन खर्च तथा कर्मचारी कटौतीमा जोड दिन निर्देशन मन्त्री खतिवडाले दिएका छन्।

प्रतिस्पर्धी बैंकहरुको तुलनामा राष्ट्रिय वाणिज्य बैंकमा धेरै कर्मचारी रहेको तथा संचालन खर्च पनि बढी भएका भन्दै अर्थमन्त्री खतिवडाले स्मार्ट बैकिङको अवधारणा कर्मचारीमा पनि देखिनुपर्ने बताए। ‘यही बैंकको जति कारोबार भएको बैंकमा योभन्दा आधा मात्रै कर्मचारी छन्। तपाईंहरूको पनि कर्मचारी घटाउनुहोस्,' बैंकको व्यवस्थापनलाई निर्देशन दिँदै अर्थमन्त्री खतिवडाले भने। 

वार्षिक नाफाका हिसाबले गत आर्थिक वर्षमा राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा अगाडि देखिएपनि यतिमै सन्तुष्ट हुने अवस्था नरहेको पनि मन्त्री खतिवडाले स्पष्ट पारे।
 
‘बैंकको धेरै शाखा भएको र पूँजी बढी भएको अवस्थामा यत्तिको नाफा कमाउनु खासै ठूलो उपलब्धि होइन। तपाईहरूले  सगरमाथा नै चढेको भन्न मिल्दैन। यो स्वभाविक हो। बैंकको २५ अर्ब जतिको पूँजी कोष छ भने त्यस्को २० प्रतिशत अर्थात् ५ अर्बको नाफा औसत नै हो। यसमा राज्यको ठूलो लगानी छ। त्यसको प्रतिफल त राज्यले खोज्छ नै,’ अर्थमन्त्री खतिवडाले उल्लेख गरे। 

राष्ट्रिय वाणिज्य बैंकले नाफामा मात्र नभई सेवामा पनि उष्कृष्ट भए अर्को वर्ष प्रोत्साहन स्वरुप बैंकलाई मन्त्रालयमै बोलाएर पुरस्कृत गर्नेसम्मको आश्वासन मन्त्री खतिवडाले दिए। 

‘तपाईहरुले नाफा यति कमायौं उति कमायौं भन्दा पनि सेवा कति र कस्तो दिइएको छ भन्ने कुरा महत्वपूर्ण हो। सरकारले केही महत्वाकांक्षी कार्यक्रम ल्याएको छ। त्यस्ता कार्यक्रमअन्तर्गत कृषि क्षेत्र, युवा रोजगार, गरिब विपन्न वर्ग कर्जाजस्ता सेवा बैंकले दिनुपर्छ। नाफा मात्र भयो भनेर भएन। सेवा पनि राम्रो दिइयोस्,’ बैंकलाई निर्देशन दिँदै उनले भने। 


यसरी बेला बेला बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिइरहनु आफ्नो दायित्व भएको भनी मन्त्री खतिवडाले स्मरण गराए। उनले भने, ‘केही समस्या आउने बित्तिकै सरकारले गरेर भनिन्छ। हामीले तपाईहरुलाई व्यवस्थित गर्ने र निर्देशन दिन नपाउने हो भने हामीले संसदमा के जवाफ दिने भन्ने प्रश्न रहन्छ? त्यसकारण हामीले भनेका कुरा पनि मान्नुस्, जवाफदेही बन्नुहोस्।’

Ncell 2
Ncell 2
nimb
nimb

सोही कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बैंकको वित्तीय अवस्था सुदृढ हुँदै गएको मात्र नभई राष्ट्रिय वाणिज्य बैंकले सरकारले लिएको नीति र राष्ट्र बैंकको वित्तीय स्थायित्वमा सकारात्मक भुमिका खेलेको बताए। 

बैंकले आधुनिक प्रविधिको प्रयोगमा फड्को मारिसकेको तथा वाणिज्य बैंक पुरानै तरिकाले चलेको छ भन्ने सोचाइमा परिवर्तन भएको उनको भनाई थियो। यद्यपि बैंकले प्रयोग गरिरहेको सफ्टवेयर प्रणाली भने परिवर्तन गर्नुपर्ने अवस्थामा पुगिसकेको उनको भनाई थियो। ‘बैंकको सफ्टवेयर निकै पुरानो भैरहेको छ। र त्यसका कारण प्रणालीमा समस्या आएको भन्ने गुनासो आएको छ। सफ्टवेयर बदल्नु पर्ने बेला भएको छ,’ सिवाकोटीले भने। 

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ७७ वटै जिल्लामा शाखा स्थापना भएको एकमात्र बैंक राष्ट्रिय वाणिज्य बैंक रहेको भन्दै वित्तीय साक्षरता मा उल्लेख्य ध्यान दिएको बताए। 

२०२२ माघ १० गते स्थापना भएको उक्त बैंकका देशभर गरी २२२ शाखा संख्या रहेकोमा बुधबार १४ वटा नयाँ शाखा एकसाथ थपिएपछि अब शाखा संख्या २ सय ३४ पुगेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा ५ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको छ। यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैयाँ, बेस रेट ५ दशमलव ५० प्रतिशत रहेको जनाएको छ। 

बैंकको हाल २३४ वटा शाखा कार्यालय, १७५ वटा एटिएम, र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  १९:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धान नकाट्न विभागको आग्रह
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित)
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, धान नकाट्न विभागको आग्रह बिहीबार, कात्तिक १२, २०८३
बालेनको तारो बनेका प्रहरी प्रमुख कार्कीले सबै डीआईजीलाई मुख्यालय बोलाए, पीसीसी बैठक पनि आजै बिहीबार, कात्तिक १२, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
कोप-३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्नेमा सांसद पराजुलीको जोड बिहीबार, कात्तिक १२, २०८३
सुनको मूल्य बढ्यो बिहीबार, कात्तिक १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
गृह मन्त्रालयले फेसबुक पेजबाट सार्वजनिक गर्‍यो गृहमन्त्रीसँगै फरार अभियुक्तको भिडियो (भिडियोसहित) बिहीबार, कात्तिक १२, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्