काठमाडौं- राष्ट्रिय वाणिज्य बैंकले एकसाथ १४ शाखा विस्तार गरेको छ। बुधबार एक कार्यक्रम आयोजना गरी बैंकले सातै प्रदेशमा ती खाखा विस्तार गरेको हो। अर्थमन्त्री डा युवराज खतिवडाले एकसाथ ती शाखाको उद्घाटन गरेका हुन्।
बैंकले प्रदेश १ मा २ शाखा विस्तार गरेको छ। झापाको चकचकी र मोरङको कर्सियाबजारमा शाखा विस्तार गरिएको हो। यसैगरी प्रदेश २ मा ४ शाखा विस्तार गरिएको छ। रौतहटको चन्द्रपुर, महोत्तरीको बलवाबजार, महोत्तरीको पिपरा, र पर्साको पोखरीयामा शाखा विस्तार भएको हो। यसैगरी मकवानपुरको भिमफेदी, काठमाडौंको टोखा र कोटेश्वरमा कार्यालय विस्तार गरेको बैंकले जानकारी दिएको छ।
प्रदेश ४ मा टांगीकोट र खैरेनीटारमा समेत शाखा विस्तार भएका छन्। यी स्थान क्रमश नवलपुर र तनहुँ जिल्लामा पर्छन्। प्रदेश ५ मा घोराही- दाङ, चन्द्रौटा-कपिलवस्तु र पुर्तिघाट- गुल्मी शाखा विस्तार गरेको हो।
बैंकका सिइओ किरणकुमार श्रेष्ठले बैंकले शाखा विस्तार मात्र नभएर वित्तीय साक्षरतामा पनि ध्यान दिएको बताएका छन्।
बैंकका ७७ वटै जिल्लामा शाखा पुगेका छन्। २०२२ माघ १० गते स्थापना भएको बैंकले यो वर्षलाई आरबिबी स्मार्ट वर्ष मनाउन लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।